‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल, २०२१’ को अडिसन माघ २४ मा हुने

काठमाडौँ — माघ २१, २०७७।
नेपाली अविवाहित युवतीमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन माघ २४ गते शनिवार ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा हुने जनाएको छ ।
यस प्रतियोगितामा भाग लिन ईच्छुक प्रतिस्पर्धी नेपाली अबिवाहित युवती, १६ वर्षदेखि २५ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ ।
युवतीहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम नागरिक र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजक काजी प्रोडक्सनका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर सुमन खड्काले ग्रुमिङ गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल,२०२१’ को शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्यामपर जित्नेछन् । विभिन्न विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल,२०२१’ मा नेपालको प्रतिनिधित्व समेत गर्ने प्रतियोगिताका कार्यक्रम व्यवस्थापक त्रिलोक बिक्रम थापाले जनाएका छन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्