गायक तथा सर्जक जनक बिबश न्यौपानेको शब्द संगीतमा‘मुनामदन–२’ को म्युजिक भिडियोको सार्वजनिक

काठमाडौं, २६ पुष ।
सामाजिक अभियन्ता एवं निर्माता मनोज कार्कीको नयाँ गीत ‘मुनामदन–२’ को म्युजिक भिडियोको सार्वजनिक भएको छ । गत शनिबार काठमाडौं बानेश्वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच उक्त म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।
राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र याङसु श्रेष्ठको सशक्त अभिनय रहेको छ।
नेपाली सुगम संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ।
मनोज कार्की निर्माता रहेको भिडियोलाई जनक बिबश न्यौपाने युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्