हाँस्य कलाकार बट्टारे कान्छो बाँधिए वैवाहिक जीवनमा
रामेश्वर ढकाल , नुवाकोट
काठमाडौं । नेपाली हाँस्यकलाकारहरुको चर्चित हाँस्य कलाकार बट्टारे कान्छो ‘सन्देस लामिछाने’ आजदेखि वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना महामारीको बेला सामाजिक दूरी कायम गरेर विवाह सम्पन्न गरिएको थियो । लिखु गाउँपालिका–१, ढिकुरे नुवाकोटका लामिछानेले पनौती नगरपालिका–२, कुशादेवी काभ्रेको युनिका लुइटेलसँग विवाह बन्धनमा बाँधिएका हुन् ।
कलाकार लामिछानेको वैवाहिक कार्यक्रममा हाँस्यकलाकार तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सफल दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतका कलाकारहरुको टिम नै जन्ती गएका थिए । उनिहरुले दुलाहा–दुलहीलाई खादा लगाएर वधाई दिएका थिए । सामाजिक दूरी कायम गरी गरिएको विवाहमा हाँस्यकलाकार सन्देस लामिछानेले आफ्नो नवदुलहीलाई जग्गेमा माला सहित माक्स लगाईदिएका थिए ।
कोरोना महामारी र निषेधाज्ञाको समय भएकाले लामिछानेले ८–१० जना मात्र जन्ती लिएर दुलही घर गएका थिए । वैवाहिक जीवनमा बाँधिएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भनेका छन् – “मेरो जीवनमा वैवाहिक कार्यक्रमले कलाकारिताको क्षेत्रमा अघि बढ्न अझै मद्दत, नयाँपन र हौसला पुग्नेछ । पछिल्लो समय लामिछानेले दिपक–दिपाको चर्चित मुभिहरुमा पनि अभिनय गर्नुभएको थियो ।
उनले आफ्नै युट्युव च्यानल “म अगाडी बढ्न चाहन्छु” मार्फत् ९ टंकी मार्फत् नेपाली सर्ट कमेडी मुभिहरू बजारमा ल्याएका छन् । उनको युट्युव च्यानलमा भाइरल ९ टंकीको भाग–११ सम्मका सर्ट कमेडी मुभिहरू अपलोड भएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बट्टारे कान्छो
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्