कोरोनाका कारण तीज मनाउन नपाइने

काठमाडौं । कोरोना भाइरसको महामारी हुदैनथ्यो भने यतिवेला नेपाली दिदी वहिनीलाई तीजको दर खान भ्याईनभ्याई हुन्थ्यो । तर गत चैतदेखि देखिएको कोरोनाको कारणले यसपटकको तीज खल्लो हुने भएको छ । महामारी सर्ने भएपछि यसपाली काठमाडौं उपत्यकाभित्र तीज मनाउन नपाइने भएको छ ।
केही दिनयता उपत्यकामा संक्रमण बढदै गएपछि तीन जिल्ला प्रशासनले भीढभाड हुने खालका कार्यक्रम नगर्ने भएपछि तीज मनाउन नपाइने भएको हो । संक्रमणको जोखिम बढ्दै गएका कारण भदौ १५ सम्मका लागि उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको छ।
तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको छ । जारी आदेशमा भेला हुन, जम्मा हुन, भीडभाड गर्न नपाइने भनिएको छ ।
त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ ।
तीज यहि भदौ ५ गते पर्दछ । तीज अगाडि बुवाको मुख हेर्ने दिन भदौ ३ गते, रहेको छ । तीज पछाडि पनि नेपाली चाडपर्व लगतै रहेका छन् ।
भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेदेखि ७ गतेसम्म परेको तीज पर्वमा रमझम नहुने भएको हो ।
तीजका अवसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पूजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न नपाइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार कारबाही हुने प्रजिअ पाण्डेले जानकारी दिनु भयो । पाण्डेका अनुसार अटेर गरेमा एक महिनासम्म कैद हुनेछ। घरमै बसेर सधैँ सँगै रहने परिवारका बीचमा बसेर भने तीज मनाउन पाइने उहाँले बताउनु भयो।
क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, देश परदेश
ट्याग : #तीज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्