Techie IT
बुधबार, चैत्र १२,२०८१

केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा


धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उहाँले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताउनुभयो । नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उहाँको भनाइ छ । वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको उहाँको भनाइ छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताउनुभएको छ । लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उहाँले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

उहाँले बजारमा उल्लेख्य कारोवार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोवार अनलाइनमार्फत भएको जानकारी गराउँदै उहाँले विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राख्नुभयो । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोवारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोवार अघि बढाउन सुझाव दिनुभयो ।

लामो समय बजार बन्द हँुदा नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उहाँले आग्रह गर्नुभयो । स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको शेयर बजारका जानकार डा गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्नेमा जोड दिनुभयो ।


क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545