Techie IT
सोमबार, चैत्र १०,२०८१

नेपाल र जर्जिया चेम्बरबीच लगानी, व्यापार अभिवृद्धि गर्ने सम्झौता


काठमाडौं, ०७ श्रावण -नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच दुई देशको व्यापार र आर्थिक अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाले हस्ताक्षर गरे ।

दुई देशको व्यापार, आर्थिक एंव लगानीको विकास प्रगाढ बनाउने तथा सुदृढ ब्यापारिक सम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानून र नियमको ढाँचा भित्र रहि द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यवसायीक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

नौ बुँदे समझदारी पत्रमा दुई देशका चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारीक, औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागी हुने उल्लेख छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भईसकेको जानकारी दिंदै उहाँले नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको उनले बताए ।

उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागीताको लागि अनुरोध गरे । कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसिय स्भिलीले नेपालमा समेत मुलुकको आवश्यकता अनुसार जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरी चेम्बरसँग सहकार्य गर्न तयार रहेको बताए । दुई मुलुकबीच पर्यटन प्रवर्धन गर्नको लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको उनले जानकारी दिए ।

२०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब २३ लाखको व्यापार घाटा सहनु परेको जसमा २९ लाखको आयात तथा ६ लाख ७० हजारको मात्र निर्यात हुन सकेको देखिन्छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने प्रचुरतम संभावना रहेको छ ।

सो अवसरमा नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुयसभिली, जर्जियाका विदेश मन्त्रालयको एशिया प्रशान्त विभागका निर्देशक डेभिड केरेसेलिड्ज, नेपालस्थित जर्जियाका अवैतनिक कन्सल शिव रतन शारडाको उपस्थिति थियो । यस्तै, नेपाल चेम्बरका पदाधिकारीहरु एंव उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #जर्जिया चेम्बर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545