सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारी बिच छलफल
काठमाडौं । विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् ।
जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारी सहित बिस जना नेतृहरु सम्मिलित टोलीले महिलाको आर्थिक सशक्तिकरणमा नेपाल महिला चेम्बरको भूमिकाका बिषयमा केन्द्रित रहेर चेम्बर पदाधिकारी माझ जिज्ञासा राखेको थियो । छलफलका क्रममा महिला नेतृहरुले राखेका जिज्ञासालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सम्बोधन गरेका थिए ।
सो अवसरमा अध्यक्षद्वयले महिलाहरुको आर्थिक सशक्तिकरणको मुद्धालाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्य अनुरुप नेपाल महिला चेम्बरको शाखा संजालको विस्तार भैरहेको बताउदै महिला लक्षित उधमशिलता विकास तालिम, बजार प्रवर्धनात्मक कार्यक्रम आदी मार्फत आर्थिक क्रान्तिको दिशामा महिलालाई अग्रसर गराउन चेम्बर प्रतिबद्ध भएर लागेको धारणा राखेका थिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला नेतृ र चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्