वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन
काठमाडौं । पर्यटन क्षेत्र सम्बद्ध वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन आएको छ । वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायीद्वय रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ ।
उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत सन्चालन गर्दै अाइरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए ।
वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन ब्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल पार्न लागिपर्नुपर्ने बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #वोर्ल्ड टच टुर्स्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्