चेम्बरले बारा-पर्सामा त्रिपाल,टेन्ट र खाद्यान्न वितरण गर्ने
काठमाडौं, । नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ। चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले उक्त निर्णय लिएको हो। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दु:ख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए।
उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबार नै बारा-पर्सा जानेछ। ‘हामीले जिल्लाका चेम्बरलाई समेत राहत वितरणका लागि खट्न आग्रह गरिसकेका छौं। केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ। यो विपत्तको समयमा निजी क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नेछौं’ उनले भने । हामी तत्कालको बासका लागि आवश्यक त्रिपाल र टेन्ट जम्मा पार्न थालिसकेका छौं।’
क्याटेगोरी : अर्थ
ट्याग : #चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्