अर्थ

सभामुख देखि सभासदसम्मलाई काठमाडौं मल व्यापार संघले बुझायो ज्ञापनपत्र

काठमाण्डौं– द काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो ।

काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् । साथै सोहि प्रतिनिधि मन्डलले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई छुटा छुटै भेटि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महराका अनुसार भोलि अर्थ मन्त्रिलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने , सन्चयकोष घेराउगर्ने र सन्चयकोषका कर्मचारीले गरेका भष्ट्रचार र अनियमिता लाई लिएर आमरण अन्सन बस्ने बताए । ज्ञापन पत्र राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो ।

नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अझ प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान र संचयकोष लाई यहाँ ब्यापार गरीरहेको ब्यवसायीहरुले करिव १ अर्व ६६ करोड समेत भुक्तानी गरीसकेको छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारी भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको पछील्लो घटना क्रमले प्रस्ट पारेको छ ।

ठेकेदारहरु लामो समय नटिक्ने जस्ता कारणले ठेकदार संग लामो समयको सम्झौता गरेर बसेका ब्यवसायको विचल्लीको अवस्था सृजना भएको छ । निकै कस्टकर अवस्थामा ब्यवसाय गरिरहेका ब्यवसायीहरुको अनुरोमा संचय कोष आफै आएर ब्यवस्थापन समाल्न थाले पछी डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाउदैँ विस्तृत योजना , ब्यवसायहरुको पुनरब्यवस्थापनलाई ध्याननै नदिई २१ दिन भित्र ब्यवसाय गरिरहेका ठाउँ खालि गर्न निकालिएको सुचना न्याय संगत देखिदैन त्यसैले ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ । मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरु र ३ हजार कामदार सँग जोडिन्छ ।

उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको हुन्छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका हुन् । अनेक उपाय अपनाएर ग्राहकको विश्वास जितेका हुन् । यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्क आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेर कर्मचारी संचयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरेको छ ।

२ महिना विति सक्दा पनि भाडा निधारण गर्न सकेको छैन साथै प्रत्यक संचय कोषका कर्मचारीले कहिले कर कार्यालयको अफिस राख्ने कहिले नगर पालिकाले सबै भवनमा अफिस राख्नलागेको छ । जस्ता कुरा गर्ने र ब्यवसायीहरुले सम्पूर्ण भवन जसरी पनि छाडनै पर्छ जस्ता दिनानु दिनका भ्रमपूर्ण कुराले ब्यापारीहरु आत्म हत्याको वाटो रोज्नु पर्ने अवस्था सृजना भईसकेको छ । तसर्थ कमचारी सञ्चय कोषले यस ब्यपारीक केन्द्रलाई ब्यवस्थीत र २०६२ साल देखि ब्यवसाय गरीरहेको ब्यवसायीहरुको हितलाई मध्य नजर गरेर काम गरीदिनहुन र फेरि पनि विचौलिया जन्माउने पैसाको चलखेल गर्ने मौका दिने जस्ता कार्य नगरीदिन अनुरोध गर्दछौं ।

के के छन् बुदामा

१. मिति २०७५।१०।०३ र २०७५।११।०५ मा राष्ट्रिय दैनिकमा (सुचना) प्रकाशित सुचना अनुसार भवन वाहिर वनेका टहरा खाली गर्ने ३० दिने र २१ दिने सुचना वाट लामो समयदेखि व्यापार व्यवसाय गरेर वसेका व्यापारी अन्योलमा परेकाले यस मलमा हाल ४० प्रतिशत भन्दा धेरै खालि ठाउँ रहेकोले खालि गर्नु पर्ने अवस्थामा मल भित्र नै व्यवस्थापन गर्नु पर्ने ।

२. कर्मचारी संचयकोषले आप्mना एंन कानुन देखाएर सधैनै ब्यवसायहरुको भविष्य माथि खेलवाड गर्दै आएको देखिन्छ । यस वाट विचौलिया जन्माई संचयकोषका कमचरीहरुले आर्थिक लाभ लिने कार्य यो भन्दा पहीले पनि हुदै आएको प्रस्ट देखिन्छ । असफल भएका नियमहरुलाई सम्सोधन गरेर नयाँ ऐन कानुन र ब्यवस्था हुदै आएको धेरै उदारणहरु छन् ।

यसैलाइ मध्यनजर गरेर नयाँ ब्यवस्था गर्न जरुरी छ ।

]३. मिति २०७५।०९।११ देखि कर्मचारी संचयकोषले भवन व्यवस्थापन इकाई सुन्धारा खडा गरी वसेको र ३ महिनाको धरौटी वापतको रकम बुझिसकेको लामो समय विति सक्दा पनि भाडा दर कायम नभएको ले यथासक्य भाडा दर कायम गरी बसिरहेको ब्यवसायी लाइै नै सम्झौताको वातावरण वनाईयोस ।

४. कर्मचारी संचयकोष पुणत सरकारी स्वमीत्वको सस्था भएकाले कर्मचारीहरुले सस्थाका हित , देश जन्तालाई आर्थिक समृद्धिमा टेवा पुर्याउने जस्ता कार्य छाडेर देशमा रोजगारी सृजनागरि राष्ट निमार्णमा लागिरहेका ब्यवसायीहरु लाई सिध्याउने योजना बनाउने यस संघका प्रतिनिधि संग भवन प्रमुख जस्तो ब्यक्तिले मिसन बनाएका छौं । खालि नगरे प्लान वि लागु गर्ने जस्ता कुराले त्रसित परेर दादगिरि शैलिमा उर्तिनु असोभनिय कुरा हो । संचयकोष कर्मचारीको मिसन केहो प्लान वि के हो प्रष्ट पार्न अनुरोध गरिन्छ ।

५. यस मलमा भएका विद्युतिय भर्याङ्ग तथा अन्य उपकरण हरु विगत ५ वर्षदेखि केहिकाम नलाग्ने अवस्थामा पनि हामी व्यापार व्यवसाय गरेर दुःखका साथ भाडा, वक्ति, पानी बुझाईरहेको सर्वविदितै छ । यी उपकरणहरु यथासक्य सञ्चालनमा ल्याई मलको प्रत्याभुति दिलाई दिनुहुन अनुरोध छ ।

६. यस कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल २०६२ साल देखि संचालनमा आए पश्चात कर्मचारी संचयकोषले हामि ब्यवसायी वाट १ अर्व ६६ करोड भन्दा माथि असुलि सकेको छ ।

Facebook Comments
Tags
Show More

Related Articles