बर्साद अगावै मेलम्चीको पानी ल्याउन माग
मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ ।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताउनुभयो । समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराउनुभयो । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले रु ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाउनुभयो ।
खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पुरानै निर्माण व्यवसायीलाई आवश्यक बजेटको व्यवस्था गरेर आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । आयोजनाको शुरुआती अवस्थामा काम गर्नुभएका इञ्जिनीयर श्रीराम न्यौपानेले रु ४० करोडका उपकरण भाडामा लिएर काम गरेका नेपाली निर्माण व्यवसायी मारमा परेको बताउनुभयो । सिन्धुपाल्चोकस्थित आयोजनास्थलका स्थानीयवासी पासाङतेम्बा शेर्पाले मुहानस्थलमा काममा अवरोध नगरिएको प्रस्ट पार्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #hot, #मेलम्चीको पानी ल्याउन माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्