Techie IT
शुक्रबार, फागुन २,२०८१

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा एग्रो मनाङ्गको उद्घाटन


पुकार तिमलसिना
मनाङ्गको सदरमुकाम चामे बाट ६ किलोमिटर अगाडी बढेपछि नेस्यांग गाउँपालिका वडा नम्बर १ को भ्रतांग पुगिन्छ । जहा एग्रो मनाङ्ग प्रा लि ले संचालन गरेको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ स्याउ फर्म रहेको छ । ७३५ रोपनी क्षेत्रफ़लमा ६७ हजार स्याउका रुख रहेका छन् ।

सन् २०१४ बाट संचालन गरेको सो भएको स्याउ फर्ममा जापानिज फुजी, गाला, गोल्डेन र इटालीएन गरि चार प्रकारका स्याउ फल्छन । परम्परागत ढंगले लगाइने स्याउका रुखले रोपेको सात बर्षमा फल दिन्छ भने इटाली बाट ल्याइएका यी बिरुवाले रोपेकै बर्षबाट फल दिन सुरु गरेका हुन् ।

मनाङका प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले संचालन गरेका सो फर्मर्को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन।

सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए। स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे ।

उहाँले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए।


क्याटेगोरी : अर्थ
ट्याग : #केपी शर्मा# मनाङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545