प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा एग्रो मनाङ्गको उद्घाटन
पुकार तिमलसिना
मनाङ्गको सदरमुकाम चामे बाट ६ किलोमिटर अगाडी बढेपछि नेस्यांग गाउँपालिका वडा नम्बर १ को भ्रतांग पुगिन्छ । जहा एग्रो मनाङ्ग प्रा लि ले संचालन गरेको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ स्याउ फर्म रहेको छ । ७३५ रोपनी क्षेत्रफ़लमा ६७ हजार स्याउका रुख रहेका छन् ।
सन् २०१४ बाट संचालन गरेको सो भएको स्याउ फर्ममा जापानिज फुजी, गाला, गोल्डेन र इटालीएन गरि चार प्रकारका स्याउ फल्छन । परम्परागत ढंगले लगाइने स्याउका रुखले रोपेको सात बर्षमा फल दिन्छ भने इटाली बाट ल्याइएका यी बिरुवाले रोपेकै बर्षबाट फल दिन सुरु गरेका हुन् ।
मनाङका प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले संचालन गरेका सो फर्मर्को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन।
सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए। स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे ।

उहाँले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए।

क्याटेगोरी : अर्थ
ट्याग : #केपी शर्मा# मनाङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्