१ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा निमार्णाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काममा ब्रेक थ्रु भएको छ ।
१ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।
निर्माणको जिम्मा पाएको चाईना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रोनिक कर्पोरेसनले निर्माण सुरु गरेको चार वर्षमा ४ हजार १ सय ८४ मिटर सुरुङ निर्माण सकेको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक माधब कोइरालाले जानकारी दिनुभयो ।
२०७० सालबाट निर्माण सुरु भएको आयोजनाको हालसम्म ६७ प्रतिशत काम सम्पन्न भएको छ । सन् २०१९ को डिसेम्बरसम्ममा तीन वटै युनिटबाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट बार्षिक ६ सय १३ दशमलव ८७ गेगावाट युनिट विद्युत् उत्पादन हुने छ । सन् २०१७ को अन्त्यसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले प्राकृतिक प्रकोप तथा भूकम्पका कारण समयमै काम पुरा गर्न नसकेको हो ।
क्याटेगोरी : अर्थ
ट्याग : #रसुवागढी जलविद्युत् आयोजना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्