Techie IT
आईतबार, चैत्र ९,२०८१

‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले


काठमाडौं, २२ कात्तिक । मेगा बैंक नेपालको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ ।

दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ चयन भएका छन् ।

यसैगरी कार्यसमितिका सदस्यहरूमा दिक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एक जना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको छ ।

 

 


क्याटेगोरी : अर्थ
ट्याग : #कृति वाग्ले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545