काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला ,दुई पक्राउ एक जना फरार
पुकार तिमलसिना
काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो ।बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहेपनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।
दुई जना सञ्चालकलाई पक्राउ गरेको छ भने फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ ।
भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ,बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।
प्रहरीले फ्याक्ट्री सञ्चालक दुई जनालाई कालिमाटीबाट पक्राउ पनि गरेको छ । अर्का एक जना भने फरार रहेको प्रहरी बृत बालाजुका डिएसपी चिरन्जीवी कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अवैध गुटखा फ्याक्ट्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्