रुद्रसेनको नयाँ गीत ‘होली सररर’ ले होलीको रंग थप्ने विश्वास

जीवनराज दाहाल, बर्दिवास ।
गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको यो गीत उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । गीतमा चर्चित गायिका समीक्षा अधिकारीले रुद्रसेनसँग स्वर भरेकी छन् भने संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको एरेञ्ज योगेश काजीले गरेका छन् भने गीतको निर्मातामा नीर कुमारी विश्वकर्मा (सविना) रहेकी छिन् ।
आर्यन सिग्देल, बिना राउत र रुद्रसेनको जबरजस्त प्रस्तुति
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । प्रसिद्ध अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक स्वयं रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको जिम्मेवारी प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।
रेकोर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका छन् भने गीतलाई आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको हो ।
रुद्रसेनका चर्चित गीतहरू
रुद्रसेन विश्वकर्मा यसअघि पनि थुप्रै नेपाली, मैथिली र भोजपुरी गीतहरूमा आफ्नो आवाज भरिसकेका चर्चित गायक हुन् । उनका चर्चित गीतहरूमा ‘दियो भए’, ‘राम कसम’, ‘हाम्रो प्यारो नेपाल’, ‘हामी सबै नेपाली’, ‘दोषी को?’, ‘हाँसेर बोलन मायालु’, ‘दिल दुखायौ तिमीले मेरो’, ‘आयो है तिहार’, ‘लभ करे दे’, ‘आबन बैठ भट्भटिया पs’, ‘कानो मे आहा के झुम्का’, ‘कत्त स एल्ही गोरी’, ‘दे दन प्यार गोरी’ आदि रहेका छन् ।
‘होली सररर’ गीतको भव्यता र गायकको अपिल
ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा कुरा गर्दै गायक रुद्रसेन विश्वकर्माले गीतबारे उत्साह व्यक्त गर्दै भने, “नायक आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत हो । आर्यन र बिना राउतको जोडीले बबाल डान्स गरेका छन् । यो गीत नेपाली दर्शक तथा श्रोताको मन जित्नेमा म ढुक्क छु । यस पटकको होली हामी सबैले ‘होली सररर’ मा नाच्दै झुम्दै मनाऔं !”
उक्त गीत रुद्रसेन क्रिएशन प्रा.लि. को आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । साथसाथै स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतका डिजिटल प्लेटफर्महरूमा पनि गीत उपलब्ध छ ।
तपाईं पनि ‘होली सररर’ गीत सुन्न र हेर्न नबिर्सनुहोस् ! यस पटकको होली रंगिन बनाऔं, संगीतमा झुमौं !
उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇️
https://youtu.be/BLb29WdRlb4?si=AgxSh–o_KdcYA-U
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #rudrasen bishwakarma
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्