ढकालको कथामा बन्ने चलचित्र ‘जनै हराएको बाहुन’मा बिजय बरालको इन्ट्री

नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ।चलचित्रमा मुख्य कलाकारका रुपमा बिजय बराल भित्रिएका छन् । चलचित्रको कथा मन परेर आफु जोडिएको बिजय बराल बताउछन् । यस चलचित्रको निर्देशक भने हिमाल न्यौपाने हुन् ।
चलचित्रको कथा,पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । लेखक ढकाल अङ्ग्रेजी साहित्यका लेक्चरर समेत हुन् । कथा,गित र गजलमा आफुलाई निखार्दै आएका ढकालले नेपाली चलचित्रलाई थुप्रै हिट गित दिएका छन् । ढकालको कथाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। ुयस चलचित्रले दर्शकलाई बाधेर कथामा बगाउन सक्ने सामर्थ्य राख्छु ढकाल अगाडि थप्छन् ।
चलचित्रका निर्मातामा कमल न्यौपाने, आर। के। मानन्धर ,सि आर बस्नेत , बिमल न्यौपाने ,फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।
यस चलचित्रमा नवीन गुरुङ छायाँकारका रुपमा रहने छन् भने कृयटिभ डाईरेक्टर सम्राट महर्जन ुज्याक ु हुन् । एसोसियट डाईरेक्टरमा प्रेम गित( ३ का चर्चित अनुहार मनिस रावत छन् ।भिएफेक्स सुपरभाइजरमा मयंक निरौला रहेका छन् ।
चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यमा छायाङ्कन सुरु हुने यो चलचित्र २०८२ सालमा मध्यमा दर्शकमाझ आउने छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #ढकालको कथामा बन्ने चलचित्र 'जनै हराएको बाहुन'मा बिजय बरालको इन्ट्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्