नेकपाको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी
काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको एकीकरण टुंगो लगाउनका लागि पेचिलो बनेको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी छ ।
दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न पक्षको डेलिगेशन पुगिरहेको छ । अहिले अध्यक्षद्वयलाई बाँडफाँटका लागि सजिलो बनाउन दुई संगठनको सहज प्रस्ताव गरिएको छ ।
ओली नजिक रहेका युवा संघ नेपालका अध्यक्ष रमेश पौडेललाई एकीकृत युवाको अध्यक्ष र वाइसीएलका दिपशिखालाई सह–अध्यक्ष तथा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलाई अध्यक्ष र नवीना लामालाई सह–अध्यक्ष प्रस्ताव गरिएको छ ।
लामाले उक्त पद नलिए रश्मी आचार्यलाई सह–अध्यक्ष बनाउन सकिने हिसाबले लविङ सुरु भएको छ ।
तर, युवा र विद्यार्थी मोर्चा पूर्वमाओवादी खेमाले नै सम्हाल्नुपर्ने भन्दै प्रचण्डलाई दबाब पुगेको छ । यद्यपि, विद्यार्थीको नेतृत्व पाए युवा दस्ताको नेतृत्व पूर्वएमालेलाई छाड्न प्रचण्ड सहमत छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपाको जनवर्गीय संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्