तारकेश्वरको साङ्गलामा सामुदायीक स्वास्थ्य सेवा तालिम सम्पन्न

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य स्वयंसेवीहरुका लागि सामुदायीक स्वास्थ्य सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
यहि फाल्गुन १२ र १३ गते “ साङ्गला प्राथमिक स्वास्थ्य केन्द्र ” को सभाहलमा दुई दिने सो तालिम सञ्चालन गरेको थियो । उक्त तालिम “लेले सामुदायीक विकास केन्द्र ” ललितपुरले तारकेश्वर नगरपालिकाको वडा नम्बर १ सँगको समन्वयमा र “ गुड नेवर्स इन्टरनेशनल नेपाल ” को आर्थिक तथा प्रविधिक सहयोगमा सम्पन्न गरेको हो । सोही वडाका १६ जना वडाबासी स्वास्थ्य स्वयंसेविहरुको सक्रिय सहभागिता रहेको उक्त तालिमको प्रमुख प्रशिक्षकको रुपमा सोही स्वास्थ्य केन्द्रका डा. नकुल पौडेल रहेका थिए ।
ताालिमको सामापन कार्यक्रमा बोल्दै तालिमा समापन कार्यक्रमका प्रमुख अतिथि तथा यसै वडाका वडा अध्यक्ष विदुर साप्कोटाले स्वास्थय स्वयंसेवीहरुले निर्वाहा गर्दै आइरहेको भूमिका निर्क महत्वपूर्ण रहेको बताए । उनले भने , ‘ दिनरात नभनि आफ्नो क्षेत्रमा खटिएर स्वास्थ्यसँग सम्बन्धित कार्य गदै आइरहनुभएको स्वास्थ्य स्वयंसेविहरुकोकार्यको म प्रसंसा गर्दछु ।
आगामि दिनमा यस तालिमबाट सिकेका कुराहरुलाई आफ्नो टोलटोलमा गएर सिकाउनु अनुरोध गर्दछु ।’ राजधानि भन्दैमा सबैकुरा सबैले जानेको भन्ने हुदैन भन्दै उनले सिकेका करुालाई समाजमा बाँड्दा ज्ञान दिने र लिने दुबै पक्षलाई नै लाभ हुने धारणा व्यक्त गरे ।यस तालिममा आर्थिक तथा प्राविधिक सहयोग गरेको गुड नेवर्स इन्टरनेशनल नेपालले यस अघि पनि उक्त स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउन्ड मेशिन, ल्याबका सामाग्री, औषधी , फर्निचर,महिला सामुदायिक स्वास्थ्य सेवीकाहरुलाई आधारभूत तालिम आयोजनामा पनि सहयोग गरेको थियो ।साथै यस संस्थाले कोभिड –१९ को महामारीको समयमा सो केन्द्रलाई पीपीइ, मास्क,स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सामुदायीक स्वास्थ्य सेवा तालिम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्