Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आज थप २ संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो


कोरोना संक्रमणको कारण काठ्मान्डौको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय कोरोना संक्रमित पुरूषको गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।

मृतक पुरुषलाई भाईरल निमोनीया र मद्युमेहको समस्या रहेको थियो। अहिले उनको शव नेपाली सेनाले व्यबस्थापनको तयारी गर्न लागेको छ।

त्यस्तै आज बिहान विरगंजमा पनि एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #death by corona


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:43 pm +0545