Techie IT
सोमबार, चैत्र १०,२०८१

व्यवस्थित सुबिधासंम्पन्न बृहद काठमांडौ निर्माण गरौ


व्यवस्थित सुबिधासंम्पन्न बृहद काठमांडौ निर्माण गरौ। विभिन्न जिल्लावाट रोजगारी तथा अवसरको खोजिमा राजधानी प्रवेश गर्नु नेपालको पुरानै चलन हो। पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरे पश्चात काठमांडौलाई राजधानी वनाए देखीनै राजधानी रोजगारी र वसोवासको लागी आकर्षण गन्तव्य रही आएको इतिहास पाईन्छ ।

एक तर्फ देशको राजधानी अर्को तर्फ काठमाण्डौको सुख सुबिधा स्वच्छ सफा हावापानीका कारणले राजधानी वसोबासको आकर्षक झनै बढेको सहजै अनुमान गर्न सकिन्छ।दश वर्षको ससस्त्र द्वन्दको समयमा र सो भन्दा पछाडी रोज़गारी र शुरक्षित गन्तव्य खोजिमा राजधानी भित्रिने क्रम हवातै बढेको देखीन्छ ।

नेपाल भरीवाट अवसरको खोजिमा काठमाण्डौ आएका मानिसहरुका कारणले गर्दा काठमाण्डौ साविकको जस्तो संकुचित र सानो काठमाण्डौको रुपमा रहेन ।जनसंख्याको बृदि र बसाई सरेर आउनेसंगै काठमांडौ पनि बिस्तरै विस्तार हुदै बृहद काठमांडौको रुपमा रूपान्तरण हुन पुग्यो।हाल संम्म पनि काठमांडौ विकास र विस्तार हुदै बृहद काठमाण्डौ हुने क्रम जारी छ। राजधानी काठमाण्डौ साविक भन्दा बिस्तार हुदै ठुलो त भयो तर व्यावस्थित हुन भने सकेन।

बिभिन्न कालखण्डमा काठमाण्डौले ठुला ठुला परिवर्तनको नेतृत्व गर्यो,ठुला परिवर्तनको नेतृत्व गरेको काठमांडौले आफु लाई भने व्यावस्थित र परिवर्तन गर्न सकेन।राजधानी शहर लाई व्यावस्थित शहर वनाउन पर्छ भनि पटक पटक आवाज़हरु पनि नउठेका होईन्न तथापि काठमांडौको दुर्भाग्य नै भन्नु पर्छ व्यावस्थित शहर बनाउने दिशामा छिटपुट केही साना काम देखी बाहेक केही काम हुन सकेन।फलस्वरूप काठमाण्डौ सुन्दर र व्यावस्तित शहर बन्न सकेन।

काठमाण्डौ बिस्तार हुदै अहिले कॉठ (छेउ छाउ वरपर रहेका गॉउ) संम्म पुगेको छ।

काठमांडौको कॉठ क्षेत्रमा तिब्र बस्तिको विकास भईरहेको छ।यी कॉठका गॉउहरु अबको केही बर्ष भित्र नै धना बस्तिको रुपमा विकास हुदैछ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ।तर दुख को कुरा के छ भने यिनै क्षेत्रहरुवाट बर्षेनी करौडौ रुपया राजश्व उठाईं रहेको सरकारसंग काठमांडौको कॉठ क्षेत्रलाई व्यावस्थित र सुबिधा संम्पन्न बनाउने तत्काल कुनै ठोस योजना छैन।

काठमांडौमा चार दिशामा सुविधा संम्पन्न शहर वनाउने उदेश्य सहित उपत्यका विकास प्राधिकरण गठन गरेर शहर निर्माणको योजना बनाएको भएता पनि ठोस कार्य हुनसकेको छैन।व्यावस्थित र सुविधा संम्पन्न शहरको योजना बिना नै हरेक दिन नगरपालिकाहरुले घर निर्माण गर्ने ईजाजत बाडिरहेका छन।

यसबाट काठमाण्डौका कॉठका गॉउहरु सरकारी लापरवाहीका कारण छिटै अव्यवस्थित र कुरुप हदैछन भन्ने कुरा स्पष्ट छ।जसरी तत्कालिन अवस्थामा ठोस निती निर्माणको अभावले राजधानी काठमांडौ तथा ललितपुर र भक्तपुरका व्यावस्थित शहर हुन र बनाउन सकिएन ठिक तेही नियती काठमांडौको कॉठ क्षेत्रले भोग्न पर्ने अवस्था आउन सक्दैन भन्न सकिन्न ।

काठमाण्डौलाई व्यावस्थित वनाउने जिम्मेवारी काठमांडौमा बसोबास गर्ने मानिसकै हो।समयमा नै सचेत भएर बृहद,सुविधासंम्पन्न र व्यवस्थित काठमांडौ वनाउनको लागी एकजुट हौऔ।काठमांडौका वरपर रहेका गाउघर कॉठलाई कुरुप हुन बाट जोगाऔ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #सुबिधासंम्पन्न बृहद काठमांडौ


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545