Techie IT
आईतबार, असोज २०,२०८१

सरकार फेर्ने होइन सस्कार फेरौ


यतिबेला विश्व मानवसमुदाय कोरोना भाइरस संक्रमण ( कोभिड -१९) विरुद्ध लडिरहेको छ ।नेपालम पनि यो सक्रमणको नियन्त्रण ,रोकथाम र परिक्षणमा जनताको साथ पाउदै सरकरले प्रभावकारी ढंगले परिणाममुखी काम गरिरहेका छ ।
यो भाइरसको सक्रमण बिरुद्ध सिङ्गो देश एकढिक्का भएर लाग्नुपर्ने संवेदनशिल घडी हो, यो बेला ।यसैगरी संबैधानिक ब्यवस्था अनुसार आगामी वर्षको लागि आउदो जेठ १५ मा बजेट ल्याउनु पर्ने छ।
यो सक्रमण को नियन्त्रणका लागि कस्तो बजेट ल्याउने ?यसपछी देशको अर्थतन्त्र जोगाउन के गर्ने?यसले सामाजिक र देशको विकासमा कस्तो प्रभाव पार्ला ?जस्ता बिषय सङै पृ बजेटका बिषयमा छलफल वहश हुनु पर्ने समय हो यो।तर विडम्बना ! प्रमुख प्रतिपक्षी दलले समेत उठाउन नसकेको मुद्दा जग हसाउने गरि सत्तारुढ दल भित्रैवाट हठात ढङ्गले सरकार नेतृत्व परिवर्तनको एकल र मुख्य एजेन्डा बनाइएको छ , कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै ।
पार्टीभित्र दाउपेच र स्वार्थको राजनिती होईन निष्ठाको राजनितीको बिकास हुदैछ भन्ने प्रदशित गर्नुपर्ने बेला दाउपेच र स्वार्थको राजनीतिले ठाउँ ओगट्न पुगेको छ ।एउटाले अर्कोलाइ सिध्याउने, एक पक्षले अर्को पक्षलाई देखाइदिने तहसम्म पुगेको अवस्था सतहमै देखिदै छ।हिजो पार्टी एकीकरणका बेला एक अर्कोलाई महान देख्ने शिर्ष नेताहरु अहिले एकआपसमा दुश्मन देख्दै खोइरो खन्न लिप्त छन् ।एक अर्काबिच मिसाइल चलाउने धुन्दुकारी कदम उठाउन कोठाचोठामा बैठक बसिरहेका छन् ।
ओठमा राजनीतिक स्थायित्व झुण्ड्याउने तर आफ्नै पार्टीका अध्यक्षलाई कुर्सीबाट ओराल्न विभिन्न गठबन्धन र दुश्चक्रहरुको खेल खेल्ने काम भैरहेको छ। कतिपयको बुझाइमा सत्तारुढ दल नेकपाका अध्यक्ष रहेका केपि ओलिलाई कुर्सीबाट ओराल्न षडयन्त्रपुर्ण ढंगले दीर्घकालीन योजना सहित पार्टी लाई कमजोर पार्नेगरी “गेम प्लान” भइरहेको छ।पार्टी एकता र यो सरकार बनेको भित्रैदेखि कतिपय आन्तरिक र बाहय शक्तिले मन नपराहिरहेको परिदृश्यमा यो पार्टीलाई भत्काउन देशीविदेशी शक्ति लागीरहेको कुरा स्वयम् पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अघिल्लो साता नेकपाको स्थापना दिवसका अवसरमा दिएको सन्देशमा समेत उल्लेख छ ।
पार्टीलाई छिन्नभिन्न पार्ने र सरकारलाई असफल बनाउने रणनीति सहित सबभन्दा पहिले ओलि सरकार माथि नियोजित रुपमा चौतर्फी आक्रमण र प्रहारको निशाना बनाईरहेको यथार्थता सबैका सामु छ नै ।
यो पृष्ठभुमिमा पार्टी भित्रैबाट हठात ढंगले प्रधानमन्त्री परिवर्तन गर्ने खेल खेलिनु आफैमा विडम्बनापुर्ण र दुखद कुरा त हुँदै हो त्यसमाथि यस्ले श्रीजना गर्ने र नित्याउने अवयबहरु अझ विष्मयकारी र अनिष्टकारी हुनसक्ने जोखिम समेत छ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #राजेन्द्र अर्याल, #सरकार फेर्ने होइन सस्कार फेरौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:57 am5:45 pm +0545