Techie IT
बिहीबार, फागुन १०,२०८०

पुस्तक चर्चा ‘फुटुङ्ग’ : फुटुङ्गलाई कालजयी अब्बल उपहार


चेतनाथ हरित

सञ्चारविज्ञ तथा सहभागीमूलक विकासकर्मी श्रीराम केसी फुटुङ्गेले केही
समयअघि प्रकाशनमा ल्याएको पुस्तक ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’
स्थानीय विकास अभिलेखनको एक उदाहरणीय पुस्तक हो ।

आफ्नो जन्मथलोकाबारेमा बहुआयामिक दृष्टि राखी त्यहाँको संस्कृति/संस्कार, इतिहास, भूगोल, कला,साहित्य, जनजीविका, अर्थतन्त्र, शिक्षा, खानेपानी, सडक/बाटो, शासन, प्रशासन, आदिविषयमा केन्द्रित रही सोधखोजमा आधारित एक ग्रन्थ तयार पार्नु भनेको आफैंमाज्यादै महत्वपूर्ण कार्य हो ।

यस्तो ग्रन्थ तयार पार्न निकै समय खर्चिनुपर्छ । अझ स्वयम्सेवी भावनाले यस्ता
पुस्तक तयार पार्नु आफैंमा महाचुनौती हो । त्यसमा पनि प्रकाशकसमेत आफैं बनेरश्रीराम केसीले एक उदाहरणीय र प्रशंसनीय काम गर्नुभएको छ । असी जनाभन्दाबढी व्यक्तिसँग सूचना र सामग्री जुटाउनमा सहयोग लिएको कुरा पनि चानचुनेहोइन ।

यो पुस्तक लेखन कार्य एक–दुई वर्षमा सकिएको हुन सक्छ, तर यसका
लागि कम्तीमा एक–डेढ दशकको सोच नभई सम्भव छैन भन्ने मलाई अनुभूति
भयो । सामान्य शिक्षा लिएको व्यक्तिबाट पनि यति गहकिलो कार्य सम्भव हुँदैन
भन्ने लाग्यो । सञ्चारविज्ञबाट लेखिएको र प्रस्तुत गरिएको यो पुस्तक आफैंमा
उदाहरणीय छ । झण्डै दुई सय पृष्ठको यो पुस्तक राम्रो कागजमा रंगीन छपाइ
भएर पनि अति आकर्षक र पढूँपढूँ लाग्ने खालको छ ।

ठाउँ ठाउँमा प्रामाणिक चित्रर तस्बिरको प्रयोग यसको थप विशेषता हो । पुस्तकको गुदी आफैँमा ज्यादैमहत्वपूर्ण छ । फुटुङ्गको ऐनामात्र होइन, भविष्यको पथप्रदर्शक पनि हो यो पुस्तक। श्रीरामजीले फुटुङ्गको सुदृढ, समृद्ध र समुन्नत भविष्यका लागि पस्केका १७उपायहरू पनि ज्यादै मननीय छन् । तारकेश्वर नगरपालिकाका लागि लघुदिग्दर्शनबन्ने कुरामा ढुक्क बन्न सकिन्छ ।

पुस्तक पढ्दा अनुभूति हुन्छ– उहाँ साच्चै फुटुङ्गको हिरो हो । काठमाडौं जिल्लाको
उत्तरी भेगमा रहेको काँठक्षेत्र हो फुटुङ्ग गाउँ । पहिले गाविस, अहिले तारकेश्वर
नगरपालिकाभित्र समेटिएको मिश्रित जातियुक्त गाउँ ।

एक ऐतिहासिक गाउँ ।पहिले काँठ थियो होला, अब त यहाँ पनि बजारीकरण र सहरीकरणले जताततैबस्ती गुल्जार बनेको छ । त्यो फुटुङ्ग, जहाँ वि।सं। १९८७ साल अर्थात् झण्डै एकसय वर्षअघि काठमाडौंबाट जाने एउटा मूलबाटो बनेथ्यो, जहाँ २०१६ सालमापहिलोपटक स्कुल खुलेको थियो, जहाँ आजभन्दा ८५ वर्षअघि पहिलोपटक सार्वजनिक धारो बनेको थियो, जहाँ २०४१ सालमा पहिलोपटक बिजुली बलेको थियो

जहाँ २०५० सालमा काठमाडौं सहरसम्मको नियमित बस यातायात सुरु भएको
थियो, जहाँ २०६५ सालमा केबल लाइनबाट टिभी हेर्ने सुविधा आरम्भ भएको थियो,
जहाँ २०६७ सालमा पहिलोपटक सरकारी उच्च मावि खुलेको थियो र जहाँ २०७०
सालमा इन्टरनेटको जालो पुगेको थियो । यी कुरा ‘ढिला’ भए भन्नु कि के भन्नु रु
कसैले काँठलाई ‘काठमाडौंको कर्णाली’ भनेर पनि भन्ने गर्दछन् । यी कुराको
विश्लेषण र भाष्य निर्माण आ–आफ्नै तरिकाले हुन सक्लान् तर इतिहास भनेको
इतिहास हो । अब काँठ रहेन फुटुङ्ग ।

तथ्य र प्रमाणका आधारमा इतिहास लेख्न कठिन छ, वर्तमानको यथार्थ चित्रण गर्न
पनि कठिन छ, पक्ष विपक्षमा नउत्री संस्कृति, संस्कार र राजनीतिका कुराको यथार्थ
अभिलेखन गर्न पनि झनै कठिन छ । यी सबै कुराको जोखिम मोलेका ‘फुटुङ्गका
हिरो श्रीराम केसी’ले अब फुटुङ्गलाई एउटा राम्रो र कालजयी उपहार दिनुभएको छ

पुरानो पुस्ता, मध्यम पुस्ता र नयाँ पुस्ताबीचमा उभिएर गज्जबले बौद्धिक मियो
बन्नुभएको छ उहाँ । आफ्नी हजुरआमा चिनी खत्रीको उत्प्रेरणा, हौसला र
सहयोगबाट सार्थक जीवन बनाएका श्रीरामको आफ्नै संघर्षको कथासमेत यस
पुस्तकमा भएकोले यो पुस्तक फुटुङ्गको इतिहास र विकासको झलकमात्र नभएर
एक साधारण नागरिकले कसरी अथक र अनपेक्षित प्रगति गर्न सक्छ भन्ने कुराको
समेत प्रमाण हो ।

श्रीरामको जीवन कठिनपूर्ण थियो, तर तिनै कठिनाइ र अनेकअड्चनलाई पार लगाउँदै जीवन–नदी अगाडि बढाउनुपर्छ, निरन्तर प्रगतिउन्मुखबनाउनुपर्छ, र आफ्नो व्यावसायिक काम ९जिउने मेलो० बाहेक आफू जन्मेहुर्केको
समाजलाई कसरी योगदान पु¥याउन सकिन्छ भन्ने कुराको पनि यो एउटा गतिलो,
अति उत्प्रेरक र हामीजस्ता गाउँ छोडी हिँड्ने विकासकर्मीका लागि पनि ‘लोभलाग्दो’दस्तावेज हो ।

आफ्नो गाउँको माया गरौँ भनेर हामी पनि भनिरहेका हुन्छौं, तर
श्रीरामजीले गरेका काम र योगदान हेर्दा जोकोहीलाई लघुताभाष हुनसक्छ । मैले
किन त्यति गर्न सकिँन त रु एकपटक सोचाइको पोखरीमा डुबाएर छाड्छ यस
पुस्तकले । श्रीरामजी एक भाग्यमानी व्यक्ति पनि हो । संयोगवश जुन संस्थाले
उहाँलाई ‘मान्छे’ बनायो, त्यही संस्थामा उहाँ लामो समयदेखि राम्रो ९उच्च० पदमा
जोडिएर घरको भात खाएर सेवा दिइरहन पाउनुभएको छ, मेवा लिन पाइरहनुभएकोछ ।

यो मौका कमै व्यक्तिलाई जुट्ने गर्छ । पढाइको विषय मिल्न जाँदा पनि त्यो
संयोग मिल्न गएको भन्ने मेरो ठहर छ । सञ्चारविज्ञ बन्नु र बनाइनुमा धेरै
कुराको संयोग पनि हो, उहाँको आफ्नै विचार, संकल्प, योजना र प्रयासको साझा
संयोजन पनि हो त्यो ।

श्रीरामजीले दुःखजिलो गरेर ‘डबल’ एमए गरेको, विदेशबाट पोस्ट ग्य्राजुएट डिग्री
पनि लिएको, पोखरा विश्वविद्यालयबाट एमफिल अध्ययनसमेत पूरा गरेको, विभिन्न
संस्थाहरूमा काम गर्दै हाल एक अन्तर्राष्ट्रिय संस्थामा वरिष्ठ तहमा पुगेको,सञ्चारविज्ञको रूपमा अफ्रिकी मुलुकहरूमा समेत गई काम गरेको, करिब एक दर्जनमुलुक र नेपालका ६० भन्दा बढी जिल्ला घुमेको, आदिजस्ता उपलब्धि र प्रगतिकाकुराले अरूलाई पनि प्रेरणा मिल्दछ । केही गरौँ भन्ने हुटहुटी जाग्न सक्दछ ।

तिनैहुटहुटी, उपलब्धि र बर्कतको परिणति पनि हो यो पुस्तक । विकास प्रक्रिया राम्ररीबुझेपछि, गाउँलाई राम्ररी बुझेपछि, देश र विदेश घुमेपछि बल्ल श्रीरामजीले आफ्नोगाउँको सूक्ष्म विश्लेषण गरी यहाँको इतिहास, संस्कृति, सम्पदा तथा धरोहरहरू,जीविकोपार्जन स्थिति, आधुनिक विकासको सुरुवात, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास,सामाजिक संघसंस्थाहरू, खेलकद विकास, कला–साहित्य सर्जकहरू, सार्वजनिक जग्गासंरक्षण, आदिजस्ता विषयमा खोजमूलक कलम चलाउने आँट गर्नुभयो ।

आफ्नोगाउँभरका बौद्धिक तथा परम्परागत ज्ञानका धनी व्यक्तिको सूची तयार पार्नुभयो,गाउँका मुख्य साहित्य÷कला–सर्जकहरू र अन्य प्रबुद्ध व्यक्तित्वहरूसँग वार्ता गर्नेचाँजो मिलाउनुभयो, अनि बल्ल जन्मियो पुस्तक । अझ उहाँले इतिहासको खोजीगर्ने क्रममा नेपालकै प्रख्यात ऐतिहासिक दस्तावेज लेखकहरू जस्तैः धनबज्रबज्राचार्य, सत्यमोहन जोशी, दयानन्द बज्राचार्य, दीपेन्द्र सिजापती आदिका दस्तावेज‘रिफर’ गरी पुस्तकलाई बढी भरपर्दो र विश्वसनीय बनाउने प्रयास गर्नुभएको छ ।

लिखित र कथ्य सूचनाकै आधारमा गाउँका वा नलेखिएका इतिहास र ज्ञान बढाउँदै
जाने प्रक्रिया एक प्राज्ञिक प्रक्रिया पनि हो । श्रीरामजीले त्यो काम गर्नुभएको छ ।
यो पनि पुस्तकको अर्को प्रशंसनीय पक्ष हो । यस्ता सकारात्मक र प्रशंसनीय
पक्षहरू यो पुस्तकमा थुप्रै भेट्न सकिन्छ । पुस्तकका बारेमा छोटो टिप्पणी लेख्ने
आदरणीय स्रष्टात्रय प्रा।डा। राजेश गौतम, प्रा।डा। केशवराज खड्का तथा लव गाउँलेलेपनि श्रीरामजीको मेहनतको उच्च प्रशंसा गर्नुभएको पाएँ ।
अन्त्यमा, पुस्तक राम्रो छ, शंका छैन । मेहनत धेरै परेको छ, संशय छैन ।
पुस्तकको मूल्य ९रु। ३००० पनि ठिकै छ, गुनासो छैन, भाषा र शुद्धाशुद्धिमा पनि

कमी छैन, तर पनि श्रीरामजीलाई भविष्यका लागि सुझाव के छ भने, यस पुस्तकमा
विषयसूची र विषयक्रमबद्धतामा अझै यथेष्ट ध्यान नपुगेको हो कि भन्ने भान
हुन्छ ।

दोस्रो संस्करण निकाल्दा ती पक्षलाई समेत ख्याल गर्न सकियो भने र
कतिपय विषयवस्तुमा थप सामग्री पस्किन सकियो भने यो पुस्तक फुटुङ्गका लागि
मात्र होइन, फुटुङ्गजस्तै विकासपथमा हतारिएका र समृद्धि तथा समुन्नतिको
हुटहुटीमा हट् हट् गरिरहेका नेपालका हजारौँ गाउँठाउँ ९नवसहरसमेत० लाई एक
उपयोगी र दृष्टान्तमय पुस्तक हुनेछ ।

स्थानीय सरकारको प्रभाव र सक्रियता अपरिहार्य ठानिरहेको वर्तमान नेपाली राजनीति र समाजलाई योभन्दा गतिलो उपहार के हुन सक्ला रु र, धेरै बधाई, धेरै शुभकामनाका साथ श्रीरामजीलाई असीम साधुवाद

फेरि पनि  शुभम्
(सहभागिता विकास पत्रिका भदौ २०८०को अंकबाट साभार गरिएको )


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #फुटुङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545