साधना र शेयर बीचको सम्बन्ध

ऋषीराज भुषाल
आध्यात्मिक साधना र शेयर बजार बीचको सम्बन्धमा चर्चा गदै गर्दा कतिपय व्यक्ति यी दुई विषयको पृष्ठभूमि नै फरक भएकाले यी विषयलाई जोडेर बहस गर्नु निरर्थक हुने तर्क गर्छन्। मूलत एउटा मानिस सांसारिक चिजबस्तु पद, पैसा प्रतिको मोह टुटेपछि आध्यात्मिक साधना तर्फ आकर्षित हुन्छ। तर शेयर लगानी प्रत्यक्ष रुपमा धन पैसा आर्जन गर्ने विषय संग सम्बन्धित हुन्छ के? यी दुवै फरक पृष्ठ भूमिका विषयलाई जोडेर हेर्नु उचित होला? एक साधकले यो प्रश्नको उत्तर खोज्नु पर्ने देखिन्छ।
यी दुवै विषयमा म अन्योनाश्रित सम्बन्ध देख्छु त्यसकारण यी विषयलाई साधकले आफ्नो जीवनमा संग संगै लानु पर्छ भन्ने मेरो बुझाई रहदै आएको छ। एउटा लगानी कर्ता साधक बन्न सक्नु पर्छ भने एक साधक लगानीकर्ता पनि बन्न सक्नु पर्छ। यी दुई विषयमा गज्जबको समानता छ। त्यो हो ‘‘अहंकारको त्याग’’ एक साधक आध्यात्मिक साधनाको मार्गमा यात्रा गर्दै गर्दा अहंकारलाई कुन हद सम्म त्याग गर्न सक्यो भन्ने मूल विषय हो अर्थात लोभ, मोह, डर कति त्याग गर्न सक्यो भन्ने विषयबाट उ आध्यात्मिक साधनामा कुन अवस्थामा छ भन्ने सहजै अन्दाज गर्न सकिन्छ भने अर्को तर्फ शेयर लगानीकर्ता जसले अंहकारको रुपमा रहेको डर र लोभलाई कुन हदसम्म पराजित गर्न सक्छ भन्ने विषयले एउटा शेयर लगानीकर्ताको सफलताको यात्रा तय गर्दछ। जब कुनै लगानीकर्ताले लगानी गरेको शेयरको मूल्य बढ्छ भने त्यो बढेको मूल्यले उसको लोभको अंहकारलाई पटक पटक धक्का दिन्छ भने घट्दा उसको डरको मनोविज्ञानलाई परीक्षण गर्दछ। जुन लगानीकर्ताले यी अहंकार र लोभ डरलाई पराजित गर्दछ उसैले मात्र शेयरबाट कमाउन सक्दछ। एक साधक शेयर लगानीकर्ता बन्दछ भने उसले आफु भित्र रहेको लोभ र डरको अंहकार कुन हद सम्म पराजित गरे भन्ने स्वः मूल्याङ्कन पटक पटक परीक्षण गर्ने अवसर पाउछ। जीविकोपार्जनको लागि अरुमा परनिर्भर हुनु पदैन।
उसको आध्यात्मिक साधनाको यात्रा सहजरुपमा अगाडी बढ्छ। भौतिक संसारबाट पर बसेर आध्यात्मिक खोज र साधनामा लाग्दै गर्दा एउटा साधकलाई जीविकोपार्जनको समस्या तड्कारो रुपमा आउछ। आजको युगमा जिविकोपार्जन र साधनालाई संग संगै अगाडी बढाउनु चुनौतीपूर्ण कार्य हो।
एक साधक आध्यात्मिक साधनाको मार्गमा यात्रा गर्दै गर्दा आफु भित्र रहेको अहंकारलाई कुन हद सम्म त्याग गर्न सक्यो भन्ने मूल विषय हो। यसबाट उ आध्यात्मिक साधनामा कुन अवस्थामा छ भन्ने सहजै आकलन गर्न सकिए जस्तै शेयरलगानीकर्ता जसले अहंकारको रुपमा रहेको डर र लोभलाई कुन हद सम्म पराजित गर्न सक्छ भन्ने विषयले उसको शेयरको सफलताको यात्रा तय गर्दछ।
जब एक साधक जिविकोपार्जनका लागि दान दातब्य अरुको सहयोग र कृपामा निर्भर हुन्छ भने उसले कसरी साधनालाई स्वतन्त्र रुपमा अगाडी बढाउन सक्छ? जीविकोपार्जनका लागि अरुमा परनिर्भर हुनु कुनै न कुनै आफ्नो स्वतन्त्रता गुमाउनु वा अरुको दासत्व स्विकार गर्नु पनि हो। यस किसिमको मानसिकताबाट गुज्रदै गरिएको साधनाले के उसलाई सहि ठाँउमा पु¥याउन सक्छ? पटक्कै सक्दैन यस किसिमको हिन मानसिकता र भावनाबाट साधक साधनाको मार्गमा अगाडी बढ्न सक्दैन।
यसर्थ साधाकलाई साधना गर्न समयको अभाव नहुने गरि आयआर्जन गर्ने बाटो चाहिएको छ। साधनाको समयमा पनि कमि नहोस्। नियमित आम्दानी पनि भैरहोस् यसका लागि उ साधक संगै शेयर लगानीकर्ता पनि बन्न सक्नु पर्छ। यसबाट साधकलाई आर्य आर्जनका लागि छुट्टै समय छुट्याउनु पर्दैन जुन समय उसले साधनामा लगाउन पाउछ। दिनको केही समय गरिने अध्ययनले उसलाई एक सक्षम लगानी कर्ता बनाउन सक्छ।
यसर्थ साधक लगानीकर्ता पनि बन्दा एकातिर उसको जिविकोपार्जन सहज र सरलरुपमा सम्बोधन हुन्छ भने अर्को तर्फ आफु भित्र रहेका कमजोरीरुपी अहंकार, लोभ र डरलाई साधना संग शेयर कारोबारमा परीक्षण गर्ने सच्याउने अवसर पाउछ भने शेयरबाट प्राप्त आम्दानीले आर्थिक स्वतन्त्रता संगै आफ्नो साधनामा अझ निखारता ल्याउने अवसर पाउछ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #ऋषीराज भुषाल, #साधना र शेयर बीचको सम्बन्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्