Techie IT
बिहीबार, माघ १०,२०८१

सरकार भो अब कृषि र किसानका कुरा नगर


रामहरि शर्मा

सरकार
भो अब कृषि र किसानका कुरा नगर
समयमा पाइदैन मल, विउ
के पर्नु सरकारको भर
भन्छ सरकार सुखि नेपाली समृद्धि नेपाल
नारामा मात्र सिमित रह्यो ।
किसानका लागि कृषि पेशा
शिरमाथीको घट्ट भयो ।
साना किसान, भुमिहिन, महिला किसान
विस्तापित हुदै गए ।
टाँठा बाँठा र हुने खानेका लागि
कृषि अनुदान दुहुनु गाई भए ।
नत किसानको पहिचान हुन्छ,
खेती नै नगर्ने पनि किसान भए
किसानका नाँउको ठूलो अनुदान

वालुुवामा पानी हाले जस्तो भए ।
भन्छ सरकार
चकला बन्दी खेति गरि व्यवसायी बन्नु पर्छ
सरकार तेहि हो, फेरी राता रात
जग्गा खण्डीकरण गर्ने निर्णय गर्छ ।
स्थानिय सरकार भन्छ,
टोल टोलमा सडक खन्नै पर्छ
के गर्नु सिचाईका कुरा,
कुला मासेर सडक बन्नेु गर्छ ।
हो अवत
गाँउका खेत बारी भए, बारी सबै झाडी भए,
कृषि पेशा धान्ने यूवा अरव र खाडी गए
आम नेपाली हात मुख जोर्न,
पर निर्भर भए
अव, पर निर्भर भए ।

लेखकः
रामहरि शर्मा
सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल


क्याटेगोरी : विचार/बहस
ट्याग : #कृषि र किसानका कुरा नगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545