यि हुन महिनावारी हुँदा दुखाई कम गर्न घरेलु तरिका

डा.यञ्जन गैह्रै
महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ । कतिपय अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केही महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।
प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्माेनहरुको असन्तुलन हुन् । महिनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौनाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले पनि हुन सक्छ । अत्याधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ ।
सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुख्नु, बाँझोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन सक्छ । प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर–टीको प्रयोग, अनियमित औषधीको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैमा रोग होइन तर अन्य रोगको लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचार तर्फ लाग्नु पर्छ ।
दुखाई कम गर्न घरेलु तरिका
१) दुध : दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।
२) मेवा : महिनावारी भएको बेला खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो
अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।
३) गाजर : गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले
महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
४) घिउकुमारी ःमहिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्र्दछ ।
५) तुलसी ःपीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै
पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।
६) तातो पानीले नुहाउनुहोस्: तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
७) अदुवा: एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने
गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।
८) व्यायाम :हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन
व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
९) बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।
१०) चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाई लाई मद्दत पुग्दछ ।
योग तथा प्राकृतिक चिकित्सा
१) महिनावारीका बेलामा रगत कम देखिएको छ र दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो कटिस्नान लिनाले तत्काल पिडा कम गर्दछ । यस्तो बेला बिहान र बेलकुा एक हप्ता सम्म २०–३० मिनेट लिनु लाभदायिक हुन्छ ।
२) उष्णपादस्नान – ३८◦अ देखि ४०◦अ सम्मको तातो पानीमा ग्राम हालेर हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा डुबाउनु पर्दछ ।
३) महिनावारी बन्द भएको तीन दिनपछि बाट महिनावारी सुरु हुनु ३ दिन अगाडि सम्म प्रत्यक दिन तातो कटिस्नान लिनाले, यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ ।
४) एनिमा र पेट ,कम्मर मालिस गर्नाले पनि पिडाबाट छुट्कारा पाउन सकिन्छ ।
५) नियमित थेरापेटिकल योग ,व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु पर्दछ ।
( डा.यञ्जन गैह्रै हिमालयन योग तथा प्राकृतिक अस्पताल , काठमाडौ नेचूरोपेथी अस्पतालका निर्देशक एवं योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् )
क्याटेगोरी : विचार/बहस, स्वास्थ्य
ट्याग : #महिनावारी हुँदा दुखाई कम गर्न घरेलु तरिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्