कुलमान घिसिङ र उनको पुनर्बहाली
शोभा तामाङ
नेपाली विद्युत उत्पादनको व्यवस्थापन र उपयोगीतामा क्रान्तिकारी परिवर्तन ल्याइ लोडसेडिङ हटाएर आफ्नो अतुल्री क्षमता प्रदर्शन गर्ने महान ब्यक्तीत्व हुन् कुलमान घिसिङ। उनको कार्यकाल यहि भदौ अन्तिमबाट सकिदैछ। त्यसैले चौतर्फी रुपमा उनको पुनर्बहालीको आवाज उठिरहेको छ। नउठोस पनि कसरी?
जसको क्षमतामा प्रश्न उठाउने कुनै तुकनै छैन। जताततै भ्रष्टाचारको जालोमा फसेको देशमा अटेरी साढेजस्ता सरकारी कर्मचारीको जमातमा रहेर पनि आफ्नो इमान्दारीता र राष्ट्रयतालाइ उनले पैसामा बेचेनन् । माफियाहरु हाबी भएको यो देशमा उनी माफियाको अगाडि कहिल्यै पनि झुकेनन् र कहिले पनि डराएनन् ।
उनको आफ्नो अदभूत क्षमता प्रमाणित गरेरै छाडे र परिणाम आज हामी सबैको अगाडिनै छ। उनी कसैको विरुद्धमा बोल्न चाहदैनन् कसैको आलोचना गर्न पनि चाहदैनन् ।
एउटा साधारण तर अदभूत क्षमताका धनी उनलाइ यो देशले सहि उपयोग गरेर सहि ठाउँ दिन सक्दैन भने धिक्कार हुनेछ हामिलाइ र भोलि उनिजस्ता अरु होलान् नहोलान् भन्न सकिन्न फेरि काममा फर्किनुपर्छ।
किनभने बिधुत उपयोगीता, बिधुत महशुल निर्धारण, बिधुत उत्पादन व्यवस्थापन आदि जस्ता। कामहरु अझै बाकी छन् र धेरै गर्न बाकी नै छ। त्यसैले अर्को कार्यकाल पनि उनलाइ दिइनु पर्छ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #कुलमान घिसिङ र उनको पुनर्बहाली
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्