Techie IT
शुक्रबार, फागुन २,२०८१

नेपाली युवाका सम्भावना र अवसरहरु


युवाको परिभाषा

शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था वा वयस्क अवस्था बीचको उमेर समूहलाई युवा भनिन्छ । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशिल समूह हो ।

युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ का अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति (महिला पुरुष र तेस्रो लिङ्गी )लाई युवाको रुपमा परिभाषित गरिएको छ ।

युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ ।

यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहेको छ तथापि विविध कारणले देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन ।

नेपालमा युवा विकासका लागि विसं २०७२ सालमा राष्ट्रिय युवा नीति तथा युथभिजन द्दण्द्दछ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको दस्तावेजको रुपमा युथभिजन रहेको छ ।

यसको निर्माण गर्दा सरोकारवालाहरुसंग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो ।  २०६८ सालको राष्ट्रिय जनगणना बमोजिम नेपालमा युवाको जनसंख्या १¸०६¸८९¸८४२ जना अर्थात् कूल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ । यस प्रकारको अवस्था कमै मात्र प्राप्त हुन्छ ।

यसर्थ यसलाई हामीले जनसाँङ्खिक लाभको समय (Population Devidend) को समयको रुपमा पनि लिएका छौं । यो सर्वाधिक युवाहरु रहेको अवस्था भएकोले युवामा अन्तरनिहित ज्ञान¸ सीप र उर्जाको भरपुर सदुपयोग गर्दै युवा वर्गको सार्थक परिचालनबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई पुरा गर्न सकिन्छ ।

युवा विकासका लागि नेपाल सरकारका प्रयासहरु

नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २५ तथा दशवर्षे रणनीतिक योजना लागु गर्नका लागि समस्त नेपाली युवाको अभिभावकीय सरकारी केन्द्रीय निकायको रुपमा २०७२ सालमा राष्ट्रिय युवा परिषदको स्थापना गरेको हो । यसले युवा विकासका लागि नेपाल सरकारलाई नीतिगत सुझाव दिनुका साथै नेपाल सकारले स्वीकृत गरेका वार्षिक युवालक्षित कार्यक्रमहरुको कार्यान्वयन गर्ने गर्दछ ।

युवा विकासका लागि नेपाल सरकारले धेरै प्रयासहरु गरेको छ । जस्तै नेपालको संविधानमा युवा विकास र सहभागिताको सुनिश्चितता गरिएको छ¸ नेपालका प्रत्येक आवधिक योजनामा युवालाई सम्बोधन गरिएको छ¸ नेपाल सरकारको वार्षिक नीति¸ कार्यक्रम र बजेटमा युवालाई सम्बोधन गर्ने गरिएको छ¸ युवा विकासका लागि नीतिगत दस्ताबेजका रुपमा राष्ट्रिय युवा नीति २०७२ र युथभिजन तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

विसं २०६५ सालमा अलग्गै युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरिएको छ । युवा विकासका लागि २०७२ सालमा स्वायत्त सरकारी निकायको रुपमा राष्ट्रिय युवा परि षदको स्थापना गरी युवालक्षित कार्यक्रम कार्यान्यनको थालनि गरिएको छ । प्रदेश र स्थानीय तहमा युवा विकासका संचरनाहरु पुनसंरचित हुने अवस्थामा रहेका छन् ।

आवधिक निर्वाचनमा स्थानीय¸ प्रदेश र संघीय संसदमा युवाहरु ठूलो संख्यामा निर्वाचित भएको अवस्था छ जसमा स्थानीयत तहमा ३९.६४ प्रतिशत प्रदेशमा २३ प्रतिशत र संघीय तहमा १३ प्रतिशत युवाहरु निर्वाचनको माध्यमबाट नीतिनिर्माण तहमा पुगेका छन् । यसबाट राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रुपमा बढेको अवस्था छ ।

युवा विकासका क्षेत्रमा नेपालले चालेका कदमहरुका कारण Global youth development index and report 2016 बमोजिम विश्व युवा विकास सूचकाङ्कमा नेपालको स्तरवृद्धि भएको छ । सन् २०१० मा नेपाल विश्व विकास सूचकाङ्कमा १४५ औं स्थानमा रहेकोमा सन् २०१६ मा आइपुग्दा ६८ देशलाई उछिनेर ७७ औं स्थानमा आउन सफल भएको छ । यो समस्त नेपाली युवाका लागि खुशीको विषय हो ।

राष्ट्रिय युवा परिषदका कार्यक्रमहरु

नेपाली युवाको सर्वतोमुखी विकासका लागि नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गर्यो । स्थापनाको छोटो समयमा पनि यसले गरेका युवा विकासका गतिविधिहरु निकै महत्वपूर्ण र उत्साहप्रद रहेका छन् । सिमित साधन र स्रोतका बाबजुत यसका हरेक क्रियाकलापले आँफूलाई नेपाली युवाको पहिलो संपर्क विन्दु कार्यालयको रुपमा स्थापित गर्दै युवामा आशाबादिता र उमङ्ग बढाएको छ ।

नेपाली युवाको व्यवसायिक सीप विकास उद्यमशिलता स्वरोजगार तथा युवाको नेतृत्व क्षमता विकासका क्षेत्रमा परिषदले आफ्ना प्रयासहरुलाई केन्द्रित गरेको छ । यसले विशेषतस् नेपाल सरकारका विभिन्न निकायहरुबाट सञ्चालन हुने युवाकेन्द्रित कार्यक्रमहरुका वारेमा युवालाई सूचना संप्रेषणको माध्यमबाट सुसूचित र जागरुक बनाउने र सोको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने काम गरिरहेको छ । हरेक कार्यक्रममा युवाको बढि भन्दा बढी सहभागिता बढाइ उक्त कामको अपनत्व लिने र परिणाम ल्याउने गरी काम गर्ने वातावरण निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको अवस्था छ ।

राष्ट्रिय युवा परिषदबाट सञ्चालित मुख्य कार्यक्रमहरु

  • युवा उद्यम कार्यक्रम  विनाधितो बिना व्याज पाँच वर्ष सम्मका लागि व्यवसायका लागि ऋण
  • एक स्थानीय तह¸ एक वडा¸ एक युवा क्लव¸ एक उद्यम ( स्थानीय तहमा )
    एक शैक्षिक संस्था¸ एक उद्यम ( प्रदेश स्तरमा )
  • युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम युवा प्रतिभा तथा उद्यमी सम्मान
  • युवा परामर्श र मार्गदर्शन कार्यक्रम
  •  युवाक्लब गठन तथा नमूना युवा संसदको अभ्यास
  •  उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धी तालिम
  • विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रमरशैक्षिक अनुसन्धानका लागि अनुदान कार्यक्रम  अपाङ्गता भएका युवालाई सहयोग सामग्री वितरण तथा जोखिमपूर्ण युवाको पुनस्स्थापना
  •   सहुलियतपूर्ण कर्जा योजना कार्यान्वयनका लागि सहजीकरण आदि ।
  • राष्ट्रिय युवा परिषद्सँग युवाहरु कसरी जोडिने
  •  स्थानीय वडास्तरमा गठित युवाक्लबमा आवद्ध भएर
  •  परिषद अन्तर्गत गठित विभिन्न युवा सञ्जालमा आवद्ध भएर
  • परिषदका विभिन्न कार्यक्रममा सहभागी भएर ( अनलाइनर भर्चुअल )समेत
  •  युवा सम्बद्ध सामाजिक संघसंस्थाहरु परिषदबाट आवद्धता लिएर
  •  नवप्रवर्तन केन्द्र (Youth Innovation/ Incubation Centre) मा सहभागीरआवद्ध भएर
  •  युवा प्रतिभा पहिचान कार्यक्रममा युवा विद्यार्थीहरु सहभागी भएर
  •  युवा उद्यम कार्यक्रममा प्राविधिक धारका विद्यालयहरु सहभागी भएर
  • नमूना युवा संसद कार्यक्रममा खुला समूहबाट सहभागी भएर
  •  युवा परामर्श कार्यक्रमको आयोजना गरी समन्वय र साझेदारी गरेर पनि राष्ट्रिय युवा परिषदसंग जोडिन सकिनेछ ।

युवाका अन्य संभावना र अवसरहरु

हालसालै नेपाल सरकारबाट घोषित आव २०७७/७८ को वार्षिक बजेटमा संघीय र प्रदेश सरकारहरुबाट ७६ अर्ब भन्दा बढी बजेटका युवालक्षित कार्यक्रमको घोषणा भएका छन् । पछिल्लो अवस्थामा नेपालबाट विदेशिने युवाको संख्या क्रमश घट्दै गइरहेको अवस्था छ । नेपाल सरकारका विभिन्न युवालक्षित कार्यक्रमहरुका कारण युवामा नेपालमा नै संभावना र अवसर देखी स्वरोजगार तर्फ लाग्ने वातावरण बन्दै गइरहेको देखिन्छ ।

आव २०७७/७८ मा संघीय सरकारबाट विनियोजित युवालक्षित कार्यक्रम र बजेट विवरण

१    प्रधानमन्त्री रोजगार कार्यक्रम  रु ११ अर्ब ६० करोड
२   विदेशबाट फर्किएका युवाका लागि सिप विकास तालिम रु १ अर्ब
३   निजी स्तरका प्रतिष्ठानहरुका लागि श्रमिक अनुदान रु १ अर्ब
४  सहुलियतपूर्ण कर्जा सुरक्षण तथा विमा अनुदानमा रु १३ अर्ब ९६ करोड
५  CTEVT मार्फत् सिप विकास तालिमका लागि रु ४ अर्ब ३४ करोड
६  गरिवी निवारण कोष मार्फत् रोजगारीमा परिचालन रु १९ अर्ब
७  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा रु। ३ अर्ब २२ करोड
८  एक स्थानीय तह एक कृषिरपशु प्राविधिकका लागि रु ५० करोड
९   एक प्रदेश  एक पर्यटकीय गन्तव्यका लागि रु १ अर्ब २६ करोड
१०  शहीद अपाङ्ग तथा जेहेन्दार छात्रवृत्ति रु २ अर्ब ७० करोड
११  निःशुल्क सेनेटरी प्याडका लागि अनुदान रु १ अर्ब ८२ करोड
१२   ६ हजार स्वयमसेवक शिक्षक नियुक्ति ( गणित विज्ञान र अंग्रेजी ) रु २ अर्ब २३ करोड
१३  युवा तथा खेलकुद क्षेत्रमा विनियोजित रकम रु २ अर्ब ३६ करोड

संघीय सरकारबाट बिनियोजित कूल बजेट रु ६४ अर्ब ४९ करोड

 

स्रोत :  बजेट वक्तव्य २०७७/७८ अर्थमन्त्रालय

त्यसैगरी प्रदेश सरकारबाट समेत युवाको व्यवसायिक सीप विकास तथा स्वरोजगारका लागि विधिन्न युवालक्षित विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन भएको छ । यसमा विशेषतस् कोरोनाबाट स्वदेशमा रोजगार गुमाएका र वैदेशिक रोजगारीबाट नेपाल फर्केका युवाकेन्द्रित भएर धेरै रोजगारी सिर्जना गर्न कार्यक्रमहरु घोषणा भएका छन् ।
सातवटै प्रदेश सरकारबाट युवालक्षित कार्यक्रमका लागि यसप्रकार बजेट विनियोजन भएको छ

  • प्रदेश नं १  रु ७० करोड ८१ लाख
  •  प्रदेश नं २ रु  १ अर्ब ११ करोड ७५ लाख
  • वागमती प्रदेश रु ४ अर्ब ३८ करोड ६२ लाख
  • गण्डकी प्रदेश रु  ५७ करोड २२ लाख
  •  प्रदेश नं ५  रु २ अर्ब ७५ करोड ८८ लाख
  •  कर्णाली प्रदेश रु  २ अर्ब १७ करोड
  •  सुदुरपश्चिम प्रदेश रु  ४८ करोड २६ लाख
  • सात प्रदेशको कूल जम्मा रु १२ अर्ब १९ करोड ५४ लाख
    स्रोत :  बजेट वक्तव्य २०७७/७८ आर्थिक मामिला तथा योजना मन्त्रालय सात प्रदेश

यसरी युवाहरुले सीप विकास¸ उद्यमशिलता र स्वरोजगारका लागि संघीय प्रदेश र स्थानीय सरकारहरुसंग आवश्यक समन्वय र परामर्श गरी आफ्नो आवश्यकता¸ रुची र माग बमोजिमका कार्यक्रमहरुसँग जोडिनु आवश्यक छ ।

नेपाल सरकारले युवाको शैक्षिक योग्यता तथा तालिम अभिवृद्धि¸ सीप विकास¸ उदयमशिलता र स्वरोजगारका लागि विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराई रोजगारी अभिवृद्धिका लागि सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको छ । यसले विशेषतः उद्यम गरी स्वरोजगार बन्न चाहने युवाका लागि मार्गप्रशस्त गरेको छ । यस सहुलियतपूर्ण कर्जाका क्षेत्रहरू यसप्रकार छन्
१. व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड सम्म ।
२. शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैया सम्म ।
३. विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैँया सम्म ।
४. महिला उद्यमशील कर्जा १५लाख रुपैयाँ सम्म ।
५. दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैया सम्म ।
६. उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैँया सम्म ।
७ सिटीईभिटी बाट मान्यताप्राप्त तालिमका लागि कर्जा रु २ लाख सम्म
८ं कपडा उद्योग स्थापनाका लागि कर्जा रु ५ करोड सम्म
९.भूकम्प पिडितको निजी आवास निर्माण कर्जा ३ लाख रुपैंया सम्म ।

माथि उल्लेखित सहुलियतपूर्ण कर्जामा कुनैपनि ऋणीले पाँच प्रतिशत भन्दा बढी व्याज तिर्नु पर्दैन र हरेक उद्यम तथा व्यवसायको विमाको व्यवस्था गरिने कुरा उल्लेख गरिएको छ । बिमा गर्दा लाग्ने शुल्क मध्ये पचास प्रतिशत प्रिमियम पनि राज्यले नै व्यहोर्ने व्यवस्था रहेको छ । यसरी नेपाल सरकारबाट जारी यस कार्यविधिमा उद्यमशील बन्न चाहने युवाका लागि धेरै अवसरहरू रहेका छन् । यो कार्यविधिको कार्यान्वयन प्रारम्भ भैसकेको छ । नेपाल राष्ट्रबैंकले तोकेको क¸ ख¸ ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूबाट पनि यो सहुलियतपूर्ण कर्जा लिन सकिनेछ । नेपाल राष्ट्र बैंकबाट प्राप्त जानकारी अनुसार २०७७ बैशाख मसान्तसम्ममा यो कर्जा लिने युवाको संख्या २८६८७ जना रहेको छ । यसको अन्य प्रक्रियाका बारेमा जानकारी लिन तथा यस कार्यविधि हेर्न वा डाउनलोड गर्नका लागि अर्थ मन्त्रालयको वेवसाइट www.mof.gov.np वा नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np वा राष्ट्रिय युवा परिषदको वेवसाइट HYPERLINK “http://www.nyc.gov.np/”www.nyc.gov.np मा लगअन गरी हेर्न सक्नुहुनेछ ।

युवा साथीहरु
सरकारले युवाका लागि कार्यक्रम र बजेट घोषणा गरेर मात्र हुँदैन¸ यसमा युवाको सहभागिता कसरी बढाउने रु यसमा युवा कसरी जोडिने रु यो महत्वपूर्ण पक्ष हो । यसका लागि राष्ट्रिय युवा परिषदले यी कार्यक्रमहरुका बारेमा सूचना संप्रेषण गरी युवालाई सुसूचित गर्ने र आवश्यक समन्वय र सहजीकरण गर्ने काम गरिरहेको छ । तपाईहरु पनि आ(आफ्नो क्षेत्रमा सचेत बन्नोस् र यी कार्यक्रम कार्यान्वयन गर्ने विधि र प्रक्रियाका बारेमा जानकार हुँदै त्यसमा जोडिनका लागि प्रयास गर्नोस् । युवालक्षित कार्यक्रमबाट लाभ लिनका लागि युवाहरुले यसप्रकार गर्नु वाञ्छनीय हुनेछ :

⦁ सकारात्मक सोचको विकास गर्नुहोस् । नेपालमा नै स्जरोजगार संभव छ भनी हरेक संभावना र अवसरका निरन्तर खोजी गर्नुहोस्
⦁ आधुनिक सूचना र प्रविधिको प्रयोग गरी आफ्ना लागि उपलब्ध अवसर खोज्नमा र व्यवसाय प्रवर्द्धनका लागि लगाउनुहोस् ।
⦁ व्यवसाय सानोबाट शुरु गर्नोस् । एकैचोटी ठूलो व्यवसाय गर्न खोज्दा सफल नहुन सकिन्छ र यदि घाटा लाग्यो भने एकैचोटी ठूलो चोट सहनुपर्ने हुन्छ । भनिन्छ A journey of thousand miles starts from a single step.
⦁ नेपालको कानून¸ विधि र प्रक्रियाका बारेमा अध्ययन गर्ने र बुझ्ने प्रयत्न गर्नुहोस् । सरकारी अवसर वा कर्जा विना विधि¸ प्रक्रिया र मापदण्ड प्राप्त हुँदैन । यसका लागि संस्था दर्ता¸ नबीकरण¸ व्यवसायिक योजना (Business Plan) एबिल ० निर्माण¸ अनलाइन आवदेन दिने तरिका¸ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने विधि र प्रक्रिया¸ बेवसाइट इमेल तथा अफिसियल पेज भिजिट गर्ने र आँफूसंग सम्बन्धित काम लाग्ने सूचना लिने बानी बसालौं ।
⦁ कुनैपनि व्यवसायमा धैर्यता चाहिन्छ । युवामा आशावादिता र निरन्तर क्रियाशिलताले गन्तव्यमा पुर्‍याँउछ ।
⦁ यदि कुनै युवामा कुनै अन्यौलता भएमा वा अल्मलिएमा वा कुनै निकायबाट समयमा कार्यसम्पादन नभएमा आवश्यक सहयोग¸ परामर्श र मार्गदर्शनका लागि युवाको अभिभावकीय निकाय राष्ट्रिय युवा परिषदले सहयोग गर्नेछ ।

निष्कर्ष
नेपालको विकासका लागि स्रोतको कमि नभएर सोचको कमि भएको छ । यदि युवामा भिजन¸ मिशन र निरन्तर प्रयास गरिरहने हो भने युवाका लागि संभावना र अवसरहरु यत्रतत्र रहेका छन् । नेपालमा अव कृषिमा क्रान्ति गरी अन्नबाली र फलफुलमा आत्मनिर्भर बनाउने महाअभियान तत्काल थाल्नु जरुरी छ । त्यसैगरी पर्यटन¸ जडिबुटी र साना तथा मझौला उद्योगको विकासबाट शुरु गरेर क्रमशस् हामी उपभोग्य वस्तु सबैमा आत्मनिर्भर बन्ने दिशामा जानु जरुरी छ । हामीमा स्पष्ट मार्गचित्र (Vision) साथ निश्चित गन्तव्यमा पुग्ने अठोट र शाहस भएको खण्डमा सहयोगी हातहरु प्रसस्त पाइन्छन् । यदि हामीमा निराशावादी चिन्तन र सधैं लघुताभासले मात्र गाँजिरह्यो भने प्राप्त अवसर र संभावनाहरु क्रमशस् विलाएर जानेछन् । बैदेशिक पलायन मात्र समस्याको समाधान होइन । नेपालमा नै रहेर यहीको माटो चिनेर यही माटोलाई स्वर्ग बनाउने प्रण गर्नुपर्छ युवाले । आजसम्म हामीले धेरै विदेशी भूमिका लागि पसिना बगायौं तर अव हाम्रो देशलाई आत्मनिर्भर¸ स्वाभिमानी र विकशित देश बनाउने दायित्व समस्त नेपाली युवाको काँधमा रहेको छ । सबैले यसै तथ्यलाई आत्मसात गर्दै अघि बढौं¸ सफलता हाम्रै हातमा हुनेछ ।

जय युवा ।

ध्रुवराज पौडेल
इमेल: Poudeldr111@gmail.com
Mobile No. 9855052421

 

 

     जय युवा ।
– ध्रुवराज पौडेल
इमेल: Poudeldr111@gmail.com
Mobile No. 9855052421

क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #ध्रुवराज पौडेल, #राष्ट्रिय युवा परिषद्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545