Techie IT
आईतबार, माघ ६,२०८१

शीतल निवासको कार्पेटः भ्रम र यथार्थ


केहि दिन अघि एक राष्ट्रिय दैनिक पत्रिकाले ‘राष्ट्रपति भवनमा करोडौंको कार्पेट’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएदेखि राज्यको एउटा गरिमामय संस्था प्रति आम जनमानसमा एक प्रकारको भ्रम सृजना भएको छ । संसार का धेरै देशका मानिसहरु कोरोना आतंकले ग्रसित भएको बेला, लकडाउनको कैदी बसाइ भएको बेला । जनताहरु भोक र भयले त्रसित भएको बेला कोही पाहुना पाउँदैनन्, एउटै तन्ना फाटुन्जेल ओछ्याए पनि हुन्छ, भइरहेको डोर म्याट सजाय हुन्छ किनकि यतिबेला कोही पाहुना आउने छैनन् । कसैले डोर म्याट मा जुत्ता पुछ्ने छैनन्, गलैंचा कार्पेट छुइने छैनन् किन कार्पेट फेर्न प¥यो ? भन्ने भ्रम र नकारात्मक धारणा पैदा गरिदिएको छ । राष्ट्रपति कार्यालयमा बनाईएको नयाँ भवनमा शहरी विकास मन्त्रालयबाट राख्न लागिएको कार्पेटको विषयलाई अतिरञ्जना गर्दै एक करोडको कार्पेट भनेर कुप्रचार गरिएको छ ।

यतिबेला पुनर्निर्माणका कामहरु धमाधम भैरहेका छन् । भौतिक तथा यातायात मन्त्रालयले तिब्र गतिमा सडक निर्माण तथा पुनः निर्माण गरीरहेको छ । नेपालको सडक नै होइन जस्तो भुइँमा टेक्दा पनि धुलो लाग्ला जस्तो सुन्दर सडक भएको शहर निर्माण भइरहेको छ । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले देखिने गरि थुप्रै कामहरु गरिरहेको छ, टाढा टाढाको उदाहरण भन्दा त्रिभुवन बिमानस्थल हेर्न सकिन्छ । सिंहदरबार भित्र पनि भएका छन्, संसद भवनको काम भइरहेकै छ, प्रधानमन्त्री निवासको काम पनि भइरहेकै छ। राष्ट्रपतिमा कुनै ब्यक्ति नियुक्ति आवधिक हुन्छ। राजामाहाराजा जस्तो सधै बस्ने होइनन् विद्या भण्डारी । विद्या भण्डारीलाई यो बिषयमा दोष दिनु न्ययोचित होइन। बिश्वका राष्ट्रपति, प्रधानमन्त्री कुटनितिक नियोग प्रमुखहरु जाने स्थान हो राष्ट्रपति भवन त्यसैले समय समय त्यसको सजिसजावट गरि रहनु राज्यको इज्जतको विषय समेत हो।

पुराना र विदेशी मेसिनबाट बनेका गलैंचाको साटो हातले बनेका नेपाली गलैंचा फेर्न सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत वैशाख १२ गते पहिलोपल्ट टेण्डर निकालेको थियो । उक्त सूचनामा नेपाली उनी गलैंचा सप्लाई गर्न क्षेत्रफल सहित करिब २७ लाख ५४ हजारको अनुमानित लागत समेत तोकी प्रतिस्पर्धा गराइएको थियो । भवनमा विभिन्न बैठक कक्ष, विदेशी अति विशिष्ट पाहुनासँग स्वागत र छलफललगायत कक्ष छन् ।

त्यस्तो महत्वपूर्ण ठाउँमा नेपाली मौलिक उत्पादन राख्न, नेपालीपनको झल्को दिन उपर्युक्त हुने ठानी नेपाली गलैंचा राख्न लागिएको हो ।

यस्ता उत्पादनलाई नेपालमै प्रयोग गर्दा प्रोत्साहन पनि हुने भन्दै घरेलु महासंघले पहिलेदेखि नै स्वदेशी गलैंचा प्रयोग गर्न माग राख्दै आएको थियो । सोही क्रममा थोरै खर्च गरी राष्ट्रपति कार्यालयजस्ता विशिष्ट ठाउँमा उपयोग गर्दा बढाईचढाई गरी कोकोहोलो गर्नु राम्रो हुँदैन, राम्रो सुनिदैन । राष्ट्रपति जस्तो गरिमामय संस्था प्रति यति धेरै कोहोलो मच्चाउन सोभा दिदैन ।

राष्ट्र प्रमुखको हैसियत र सम्मानमा राष्ट्रपति रहन्छ। राष्ट्रपति आफै बोल्दैन, राष्ट्रपतिले आफै केही गर्दैन । यो हाम्रो संवैधानिक व्यवस्था हो । सरकारको निर्णयको पालना नै राष्ट्रपतिको कर्तव्य मानिन्छ। सानातिना कुरामा राष्ट्रपतिलाई विवादमा पार्दा राष्ट्र नै कमजोर हुन्छ । नेपाली राष्ट्रियताको छातीमा छुरा प्रहार भएको बेला रास्ट्रपति माथी यस्ता नियोजित आलोचना आउदा रास्ट्र कमजोर हुन्छ ।

आखिर राष्ट्रपति विद्या भण्डारीको निजी घर होइन, भोलिको दिनमा राष्ट्रपति आफ्नो घर जाने बेला त्यहाँ सजावट गरिएका समानहरु लिएर जाने होइन, पुनः अर्को विशिष्ट ब्यक्ति राष्ट्रपतिको रूपमा पद ग्रहण गरेर आउँदा, ती समानहरु जस्ताको तस्तै हुनेछन र पुनः फेरबदल गर्न चाहदा फेरिनेछन ।

करोडौंको कामहरु देश कै निम्ति हुँदै गर्दा २७ लाखको बजेटलाई कुप्रचार गरेर आम जनताको बीचमा भ्रम पैदा गरेर राष्ट्रपति माथि शाब्दिक प्रहार गाली गलौज गर्नेहरुले को बाट यस्तो गलत प्रचार र भ्रम सिर्जना गराइँदैछ भन्ने कुरा आम जनताले जानकारी प्राप्त गरेको समय तिनलाई पुनः जनताको बीचमा जान असहज हुनेछ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा पनि हामी सँग पुरातन चिन्तनहरु सुधारिन बाकी नै छ, आफु भित्र भएका पुरातन चिन्तनहरु छन । अझ सामन्ती पितृसत्तात्मक चिन्तन उखेलिन बाँकि नै छन् ।

हाम्रो मुलुकमा सेरेमोनियल आलंकारिक राष्ट्रपतिको कानुनप्रद भूमिकालाई नस्विकार्दै विभिन्न आलोचना गर्नु लोकतन्त्र र संस्थागत हुँदै गरेको अवस्थामा महिलाको अस्तित्वलाई स्वीकार्न नसक्ने हाम्रा पुरुषवादी चिन्तन पनि मुख्य जड हो । यहि स्थानमा पुरुष राष्ट्रपति भई दिएको भए यति धेरै नाना भाँतीको आलोचना नहुन सक्थ्यो ।

हामीकहाँ हरेक क्षेत्रमा जकडियर रहेको पुरुष चिन्तन ज्यूँका त्यूँ देखिन्छ । घरका भित्तादेखि राजनीति दायरा सम्म, गर्भदेखि चिहान सम्म छोडेको छैन पित्रुसत्तात्मक चिन्तनले । यो चिन्तन बाट मुक्त भएपछि मात्र एक सामान्य महिला देखि मुलुकको सम्मानित संस्था रास्ट्रपति सम्मको अस्तित्व लाई स्वीकार्न सक्नेछौं तसर्थ हाम्रा हेराइहरु बदलौं, कुहिएको पित्रुसतात्मक चिन्तन बदलौं अनि नयाँ नेपालको नयाँ रुप देख्ने छौं, सुखी नेपाली हुनेछौं ।

 

मिना श्रेष्ठ 


क्याटेगोरी : विचार/बहस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Sunny
6:53 am5:35 pm +0545