टानमा नेकपा निकटका उम्मेदवारहरूलाई लज्जास्पद हार
काठमाडौं, २१ भदाै । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहरूलाई लज्जास्पद हारको स्वाद चखाइदिएका छन् ।
मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनामा अधिकांश पदमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा ‘कुमार’लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।
सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । पराजित थापाले ४ सय ३८ मतमात्रै प्राप्त गरेका छन् ।
महासचिवमा भने नेकपाकी सरिता लामा १३ मतको झिनो मतान्तरले विजयी भएकी छिन् । लामाले अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित उनीहरू सबै नेपाली कांग्रेस निकटका अर्थात सुवेदी समूहका उम्मेदवार हुन् ।
सचिवमा एक जना थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा निकटकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।
सदस्यमा नेकपाबाट ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ विजयी भएका छन् ।
नेपाली कांग्रेस निकटबाट सदस्यहरूमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
टानमा १ हजार ३ सय १९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #टान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्