छ महिनाभित्र नयाँ पर्यटन ऐन आउँदै
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी छ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याइने बताउनुभएको छ ।
प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरको ४२औँ वार्षिक साधारणसभाको यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रको समग्र सुधारका लागि पुराना ऐनका केही महत्वपूर्ण विषयलाई समेत समेटेर नयाँ ऐन ल्याउने तयारी गरिएको उल्लेख गर्नुभयो ।
पर्यटनमन्त्री अधिकारीले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएर त्यसअनुरुपका सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि निजी क्षेत्रको सहकार्य र लगानीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पाटा नेपाल च्याप्टरद्वारा सफलतापूर्वक आयोजित हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन उत्साहजनक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्यहरु भइरहेको अवस्थामा अझै निराशा र नकारात्मक टिप्पणी हुनु दुःखद् हो । सरकारले पर्यटनमार्फत मुलुकको समृद्धि अघि बढाउने कार्यमा अग्रसर रहेको अवस्थामा सबै निजी क्षेत्रका सरोकारवाला एकताबद्ध भई काम गर्न आवश्यक छ ।”
“डिजिटल परिर्वतनतर्पm पाइला उन्मुख” मूल नाराका साथ पाटाले पर्यटनमा डिजिटल रुपान्तरणका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान चलाउने जनाएको छ ।
कार्यक्रममा पाटाका अध्यक्ष सुनील शाक्यले राष्ट्रिय ध्वजावाहकको सुदृढीकरण, नयाँ एयर करिडोरको शुरुवात, आवश्यक पूर्वाधारको निर्माणसँगै नेपाललाई ‘माइस डेस्टिनेसन’को रुपमा स्थापित गर्न अन्तराष्ट्रिय सम्मेलन केन्द्रको तत्काल आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले पाटा एडभेन्चर ट्राभल मार्ट सन्–१९८९ मा नेपालबाट शुरु भई ६ पटक नेपालमै आयोजना भइसकेको पृष्ठभूमि उल्लेख गर्दै नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा उक्त मार्ट पुनः नेपालमा आयोजना हुनसके उक्त मार्टले पर्यटन उद्योगका लागि पर्यटन तथा व्यवसाय प्रवद्र्धन तथा नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
दीर्घ सेवा पदक
पाटाले पहिलो पटक ‘पाटा नेपाल च्याप्टर अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ को शुरुवात गर्दै नेपाली पर्यटनमा अतुलनीय योगदान पु¥याउनुभएका अग्रज पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर शम्शेर राणालाई प्रदान गरेको छ । उहाँले नेपालमा गुणस्तरीय पर्यटन पवद्र्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।
त्यसैगरी ‘पाटा पर्सनालिटी अफ द इयर–२०१८’ बाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याएवापत नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई सम्मान गरिएको छ । पाटाले आफ्ना सदस्य शैक्षिक संस्थामध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावनाअनुरुप उत्कृष्ट क्रियाकलापहरु गरेकोमा प्रशंसा गर्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई ‘वेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर अवार्ड’ प्रदान गरेको छ ।
साधारणसभाले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, पर्यटनसम्बन्धी अनुसन्धान स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज विल्डिङ अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पर्यटन ऐन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्