टर्कि पारखीको लागि उत्कृष्ट रोजाई बन्दै खाँडादेवी फूडल्याण्ड
काठमाडौ। राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्ड टर्कि पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ ।
आफनै उत्पादनका टर्कीका अनेक परिकारहरु पस्किएसँगै खाँडादेवी फूडल्याण्ड धेरैको रोजाईमा पर्न सफल भएको हो । टर्कीको मासुमा चिल्लो पदार्थको मात्रा कम हुने हुँदा उच्च रक्तचाप,मधुमेह,यूरिक एसिड भएका मानिसलाई बढी फाइदा हुने गर्दछ ।
फूडल्याण्ड टर्कीका सेकुवा,विभिन्न थरीका मम,तास,रोस्ट,बगर,खाजा सेट,थाली खाना, पिजा,चिल्ली,पोलेको,वोइल,साधैको,सुप,चाउमिन लगाएत नेपाली,चाइनिज,कन्टिनेन्टल तथा पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय सेवा सुबिधाले सुसम्पन्न“खाँडादेवी फूडल्याण्डमा”स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ।
ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य समेत रहेको २० बर्ष देखी नेपाल लगाएत विभिन्न देशमा खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरिरहेका एजुकेटिभ सेफ गोपि थापाले बताए।
मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस“खाँडादेवी फूडल्याण्डमा “बार”सहित पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।
खाँडादेवी फुडल्याण्डमा कुनै पनि किसिमको पार्टी,गीति एल्बम बिमोचन,लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।
पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको संचालक रमेश केसीले जानकारी दिए। खाँडादेवी फूडल्याण्डमा प्रत्यक्ष रुपमा १७जनाले रोजगारीको समेत अवसर पाएका छन् ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्