टोखाको श्री भगवतीलाई हराउँदै चर्च ब्वाइज छैटौं स्थानमा उक्लियो
काठमाडौं । श्री भगवती क्लबलाई ४-२ ले पराजित गर्दै साविक विजेता चर्च ब्वाइज युनाइटेड एन्फा यु–१६ युथ लिगको छैटौं स्थानमा उक्लिएको छ ।
सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न सातौं चरणको खेलमा चर्च ब्वाइजका लागि अप्सन गुरुङले ह्याट्रिक गरे । त्यस्तै एक गोल सुशन थापामगरको नाममा एक गोल रह्यो ।
श्री भगवतीले अनिल परियारको गोलमा सुरुआती अग्रता लिएको थियो । एक गोल सुयोग श्रेष्ठले गरे ।
जितसँगै १० अंक जोडेको चर्च ब्वाइजले दुई स्थान सुधारेको हो । यो नतिजासँगै श्री भगवती ६ अंक जोड्दै ११औं स्थानमा झरेको छ ।
दिनको दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #टोखाको श्री भगवतीलाई हराउँदै चर्च ब्वाइज छैटौं स्थानमा उक्लियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्