Techie IT
मंगलबार, माघ २९,२०८१

यि हुनविश्वकप अघि ५० उत्कृष्ट खेलाडीको , मेस्सी नम्बर एकमा


 

काठमाडौं, २९ जेठ । विश्वकप फुटबलको २१ औं संस्करण विहिबार रसियामा सुरु हुँदैछ । विश्वकप उदुघाटन हुन दुई दिन मात्रै बाँकी रहँदा यसको राप र ताप समेत बढिरहेको छ । चोक–चोकमा विश्कप बारे बहस भइरहेका छन् ।

मन पर्ने टिम, खेलाडीको समर्थन विश्वभरका फुटबल प्रमीहरुले गरिरहेका छन् र विश्वकपको उपाधि कसले जित्छ ? भन्ने बारेको बहस पनि तिव्र बनाएका छन् । यही अवस्थामा विश्व चिर्चित खेलकुद न्यूज पोर्टल इएसपीएनले विश्वकप खेल्ने ५० उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । यो सूचीको पहिलो नम्बरमा अर्जेन्टिनाका मेस्सी छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो र ब्राजिलका नेयमार तेस्रो स्थानमा छन् ।

१. लियोनल मेस्सी

अर्जेन्टिनाका लियोन मेस्सीले अन्तराष्ट्रिय फुटबलमा २००५ मा डेब्यू गरेका थिए । उनले २००६, २०१० र २०१४ को विश्वकप खेलिसकेका छन् । रसिया विश्वकप उनको चौथो विश्कप हो । उनले तीन विश्वकपमा कुल ५ गोल गरेका छन् । उनले स्पेनिस क्लब बार्सिलोनाबाट खेलेर सवै प्रकारका रेकर्डहरु कायम गरेका छन् । विश्वकप जिताउन नसकेको आरोप लागेका मेस्सी विश्वकै उत्कृष्ट फर्वाड हुन् । उनले अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा तीन ठूला अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुराएका छन् । तर उपाधि भने जित्न सकेका छैनन् । रसिया विश्वकपमा उनले करियरको पहिलो उपाधि जित्ने अपेक्षा गरिएको छ ।

२. क्रिष्टियानो रोनाल्डो

३३ वर्षिय रोनाल्डोको पछिल्लो १२ वर्षयता विश्व फुटवलमा सँधै चर्चा हुने गरेको छ । उनले सन् २०१६ को युरो कप जिताएका थिए । रोनाल्डो स्पेनिस क्लव रियल मड्रिड बाट खेल्दै आएका छन् । उनी व्यवसायिक फुटबलमा मेस्सीका सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । उनले मड्रिडलाई ला लिगा तथा च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

३. नेयमार

ब्राजिलियन स्टार खेलाडी नेयमार यतिवेला चर्चाको शिखरमा छन् । गत सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेनमा विश्व किर्तिमानी रकमा अनुबन्ध भएका उनी सबैभन्दा महँगा फुटबल समेत हुन् । यो पटक ब्रालिल उनको नेतृत्वमा छैटौं पटक विश्वकप उपाधि जित्ने अभियानमा छ । चोटका कारण तीन महिना पछि मैदान फर्किएका उनले विश्वकप अघि भएका क्रोसिया र अष्ट्रिया विरुद्धको खेलमा उत्कृष्ट गोल गर्दै आफु उच्च लयमा रहेको प्रमाणित गरेका थिए । गत सिजन पिएसजीबाट उनले ३० खेल खेल्दै २८ गोल गरेका थिए ।

४. केभिन डे ब्रुने

बेल्जियमका खेलाडी ब्रुने विश्वकपमा कस्तो खेल्छन ? भन्ने चासो सबैमा पाइन्छ । सन् २०१६ मा इस्टोनिया विरुद्धको खेलमा बेल्जियमले ८ गोल गरेको थियो । सोही खेलबाट म्यानचेस्टर सिटीका मिडफिल्डरले अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका थिए । उनलाई ‘असिस्ट किङ’ समेत भन्ने गरिन्छ । बेल्जियमले उनी माथि ठुलो भरोसा गरेको छ ।

५. ह्यारी केन

टोटनह्यामका फरवार्ड केन विश्वका उत्कृष्ट फर्वाड मध्ये एक हुन् । इंग्ल्याडले उनी माथि धेरै भरोसा गरेको छ । उनले टोटन ह्यामबाट गत सिजनमा सबै प्रतियोगितामा ४१ गोल गरेका थिए । इंग्लान्डबाट ९ नम्बर जर्सी लगाएर खेल्ने केनले रसिया विश्वकपमा आफ्नो टोलीको नेतृत्व गर्नेछन् ।

६. लुइस स्वारेज

लुइस स्वारेजको विश्वकपमा चट्टानी इतिहास रहेको छ । सन् २०१० विश्वकपको क्वाटर फाइनल खेलमा घानाको किकलाई डि बक्समा हातले रोकेर उनी विवादमा तानिएका थिए । उक्त घटनाको अहिले पनि चर्चा हुने गरेको छ । २०१४ मा उनले इटालीका जर्जियो चोलेनीलाई टोकेर विवादमा तानिएका थिए । उनले बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् र उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनी उरुग्वेका आशाका केन्द्र हुन् ।

७. मोहम्मद सलाह

इजिप्टका स्टार खेलाडी सलाह गत लिभरपुलमा आवद्ध भए देखि चम्एिका हुन् । उनको फुटवल खेल्ने शैलीले धेरैलाई मोहित बनाएको छ । उनले गत सिजन प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए । उनकै जोडबलमा इजिप्ट २८ बर्षपछि विश्वकपमा छनौट भएको थियो ।

८. एन्टोनी ग्रिजमन

फ्रान्सको राष्ट्रिय टोलीका स्टार खेलाडी एन्टोनी ग्रिजमन पछिल्लो समयका बहुचर्चित खेलाडी हुन् । ११ वर्षको उमेर देखि फ्रेन्च क्लवमा आवद्ध भएर खेल्न सुरु गरेको ग्रिजमन रसिया विश्वकपमा फ्रान्सका सवैभन्दा राम्रा खेलाडी हुन् । उनको विपक्षीलाई आक्रमण गर्ने शैली निकै सुन्दर रहेको छ । उनले गत सिजन एथ्लेटिको मड्रिडलाई यूरोपा लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

९. इडेन हार्जाड

बेल्जियमका क्याप्टने हार्जाड इंग्लिस क्लब चेल्सीबाट व्यवसायिक फुटबल खेल्छन् । गत सिजन उनले चेल्सीबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले बेल्जियमबाट २०१४ को विश्वकप र सन् २०१६ को युरोकपमा प्रभावशाली प्रर्दशन गरेका थिए । पहिलो पटक विश्वकप जित्ने बेल्जियमको सपनाका आधार स्तम्भ उनै हार्जाड हुन् ।

१०. रोबर्ट लेवेन्डोस्की

पोल्याण्डको राष्ट्रिय टिमबाटै इतिहास कायम गरेका खेलाडी हुन् लेवेन्डोस्की । उनले पोल्याण्डको राष्ट्रिय टोलीबाट उत्कृष्ट खेल पस्कँदै आएका छन् । उनले राष्ट्रिय टिमबाट हालसम्म ५२ गोल गरेका छन् । बार्यन म्युनिखले गत सिजन बुन्डेस लिगाको उपाधि जित्दा नायकको भूमिका निर्वाह गरेका थिए ।

११. टोनी क्रुस

जर्मनी टिमका स्टार खेलाडी क्रुज पछिल्लो समयका चर्चित अनुहार हुन् । अघिल्लो विश्वकपमा जर्मनीलाई विश्वकपको उपाधि जिताउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनी जर्मन टोलीको मिडफिल्डका खम्बा हुन्् । रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । विपक्षीको पोष्टमा छिटो र छरितोसँग आक्रमण गर्ने र पास मिलाउने उनको शैली गज्जबको छ ।

२. डेभिड डे गा 
१३. लुका मड्रिक
१४. सर्जियो अग्युरो 
१५. केलिय एम्बाप्पे 
१६. फिलिपे काउटिन्हो 
१७. डेभिड सिल्भा 
१८. सर्जियो रामोस 
१९. क्रिस्टियन एरिक्सन 
२०. पल पोग्वा 
२१. पाउलो डिबाला 
२२. आन्द्रेस इनिएस्टा 
२३. एडिन्सन काभानी 
२४. एन्गोलो कान्टे 
२५. म्यानुअल नुयर 
२६. मार्सेलो 
२७. इस्को 
२८. थोमस मुलर 
२९. गेरार्ड पिके 
३०. सर्जियो बुस्केट्स
३१. साडियो माने 
३२. इभान राकिटिक 
३३. रोमेलु लुकाकु 
३४. जेम्स रोड्रिग्वेज 
३५. गोन्जालो हुग्वेन 
३६. गाब्रियल जेसुुस
३७. सन हिङमिङ
३८. मेसुट ओजिल 
३९. विलियन 
४०. म्याट्स ह्युमेन्स 
४१. डेली अली 
४२. रहिम स्ट्रर्लिङ
४३. थिवुस कर्टोइस 
४४. डेरिस मर्टिन्स 
४५. डियोगो गोडिन 
४६. एन्जल डि मारिया 
४७. मार्को एसेन्सियो 
४८. फल्काओ 
४९. उसमान डेम्बेले 
५०. राफेर भरान


क्याटेगोरी : खेलकुद
ट्याग : #खेलाडी, #विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545