तारकेश्वर ३ मा फुटवल प्रतियोगिता सुरु, शहरि विकास राज्यमन्त्री मानन्धरबाट उद्घाटन
तारकेश्वर वडा नं.३ को गैरीगाउँमा आजदेखि फुटवल प्रतियोगिता सुरु भएको छ । गैरीगाउँको तारकेश्वर युथ क्लवले आयोजना गरेको कार्यक्रममा पहिलो खेल चक्रपथ र ककनीका साथ सम्पन्न भएको छ जसमा ककनीले ३ र चक्रपथले २ गोल गरेको थियो ।
दोस्रोमा पञ्चकन्या चुनदेवी र मुढखुको टिम खेलेको थियो जसमा बराबर ०–० भएको थियो । तेस्रो गेममा तारकेश्वर बी भर्सेस माछापोखरी गोर्खाली ब्रदसले जित हासिल गरेको छ । माछापोखरीले ४ र तारकेश्वर बि ले २ गोल हानेको थियो । चौंथो गेममा तारकेश्वर ए र काभ्रेस्थली जसमा ४ – १ गोल हानेको थियो ।
पहलो चरणमा आठ ओटा टिमले भाग लिएको छ । नकआवटमा २ ओटा मात्र गेम हुनेछ सेमी फाइनलमा सेलेक्ट भएर फाइनल गेम हुन्छ । फुटवल आजदेखि सुरु भई ५ दिनमा सम्पन्न हुनेछ । कार्यक्रमबारे फुटवल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष प्रज्वल लामाले बताउनुभयो ।
आजको फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रममा शहरि विकास राज्य मन्त्री रामवीर मानन्धरले दिप प्रज्वलन गरी खेलाडीहरुलाई बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा तारकेश्वर वडा नं. ३ का अध्यक्ष मनोहरी तिवारी लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रामविर मानन्धरले तारकेश्वरमा खेलकुद विकासका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तारकेश्वरलाई खेल क्षेत्रमा विकास गरेर चिनाउन सकिने बताउनुभयो । प्रमुख अतिति रामविर मानन्धरले आफ्नो व्यक्तिगत तर्फबाट पनि फुटवल प्रतियोगितालाई सहयोग गर्ने बताएका छन् ।
फुटवल प्रतियोगितामा एन्फाको रेफ्री राजेस श्रेष्ठ मुख्य रेफ्रिको भूमिकामा हुनुहन्छ । उहाँले आगामी दिनमा तारकेश्वरमा खेलकुदका फुटवल एकेडेमी खोल्नका लागि सहयोग गर्ने बताउनुभएको छ ।
कार्यक्रमबारे तारकेश्वरका नेकपाका युवा नेता पवन गजुरेलका अनुसार कार्यक्रमलाई तारकेश्वर वडा नं. ३ भित्रका समाजसेवी तथा वडा सदस्य हरिशरण घिमिरे, व्यवसायी भीम दाहाल लगायतका समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका छन् ।
तारकेश्वर ३ भित्रका व्यवसायी तथा उद्योगीहरुले स्पोन्सर भएर सहयोग गरेका छन् । जसमा पृथ्वी पोल्ट्री फर्म, छ्यानदोर्जे कन्ट्रक्सन प्रा.लि., गुसबेरी क्याफे, तारकेश्वर प्लास्टीक उद्योग, टासी देले रियल स्टेट, कृष्ण लिला हाउजिङ, एच टाइगर प्रा.लि., होटल स्टोन प्यालेस, आइकोनिक वेभरेज एण्ड वाइन लगायत रहेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #फुटवल प्रतियोगिता
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्