यी हुन् इतिहासकै क्रूर शासक, जसले मान्छेको मासु खान्थे
विश्वको इतिहासमा कैयन् क्रूर शासकहरुका बारेमा पढ्न पाइन्छ । ती मध्ये युगान्डाका पूर्व राष्ट्रपति इदि अमिन सायद विश्वका सबैभन्दा क्रूर शासक हुन् ।
उनी सबैभन्दा क्रूर यस अर्थमा की उनलाई मानिसहरु मान्छे मान्न तयार छैनन् । भयंकर चरित्र भएका अमिनले मान्छे मारेर मासु खान्थे । उनको क्रूरताको कहानी साँच्चिकै डरलाग्ने खालको छ ।
झण्डै ८ वर्ष राष्ट्रपति बनेका तानाशाह अमीनले आफ्नो शासनकालमा ६ लाखभन्दा धेरै मानिसको ज्यान लिए ।सुन्दरी युवतीहरुलाई उनले आफ्नो सिकार बनाउँथे । मानिसलाई मार्नका लागि हतियारको प्रयोग गर्दैनथे । कतिपयलाई जिउँदै जमिनमुनि गाडेर मार्थे र त्यतिगर्दा पनि बाँचेकाहरुलाई आफुले पालेको भोको गोहीलाई खुवाउँथे ।
उनी मान्छेको मासु खान निकै मन पराउँथे । उनको फ्रिजबाट मानिसका काटेका टाउकाहरु बरामद भएका थिए । साथै फ्रिजमा मानिसको जिउका अरु अंगहरु पनि फेला परेका थिए । उनलाई अफ्रिकाका बहुलाहा मान्छेको नामले पनि चिनिन्छ ।
सन् १९७९ मा तान्जानिया तथा अमीन विरोधी युगान्डाली सेनाले अमिनलाई अपदस्थ गरेपछि ती तानाशाहको शासनसत्ता समाप्त भयो । त्यसपछि उनी भागेर साउदी अरब आए । सन् २००३ मा उनको मृत्यु भयो ।
क्याटेगोरी : देश परदेश
ट्याग : #क्रूर शासक, #जसले मान्छेको मासु खान्थे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्