बालाजुमा अवस्थित जनमैत्री हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसन बनाउन माग
काठमाडौं महानगरपालिका वडा नं १६ अवस्थित जनमैत्री हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसन बनाउन माग गरिएको छ ।
विगत ६ बर्ष देखि बन्द अवस्थामा रहेको र काठमाडौंको उत्तरी भेगमा गुणस्तरीय हस्पिटल नभएको कारण जनमैत्री हस्पिटललाई पुनः सुचारु गराउन पर्ने माग उठेको छ।
तारकेश्वर नगरपालिकाका युवाहरुले नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँग भेटेर प्रक्रिया अगाडि बडाउन माग गरेका छन्।
विश्वभर अहिले कोरोना महामारीले आतंकित गरिरहेको छ, नेपाल पनि यो समस्यासँग झुधिरहेको छ। अहिले विदेशमा अलपत्र परिरहेका नेपाली नागरिकलाईलाई स्वदेश फर्काउने तयारी पनि भैरहेको छ। यस्तो अवस्थामा प्रशस्त क्वारेन्टाइन र आइसोलेसन वार्डहरु आवश्यक पर्छ। सरकारले नै प्रयास गरे जनमैत्री हस्पिटललाई ५०० सैया भन्दा माथिको स्तरिय हस्पिटल बनाउन सकिन्छ। सरकारी स्वामित्वमा हस्पिटल चलाउन सकिने उनीहरुको दावी छ ।
नेपाल मानवअधिकार संगठन तारकेश्वर नगरपालिकाका अध्यक्ष हरि तिमिल्सिनाले हस्पिटललाई हाललाई कोरोना रोग नियन्त्रण तथा उपचार गर्ने हस्पिटल बनाउन पर्ने कुरा मन्त्री समक्ष ध्यानाकर्षण गराएको बताए ।
नेपाली कांग्रेस जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले बिदेश मा अलपत्र परि विशेष गरि मध्य पुर्व मा समस्या मा परेका लाई यथा सिग्र नेपाल ल्याउन पहल कदम चल्न अनुरोध गरेका छन। यस्तै तारकेश्वर नगरपालिका वडा नं ५ नेपाली कांग्रेसका सभापति शम्भु फुयालले विकास निर्माणमा जोड दिनुपर्ने विषय उठाउका छन।
काठमाडौं नगरपालिका, आसपासका नगरपालिका र आसपासका जिल्ला नुवाकोट , रसुवा र धादिङ्गलाई पनि लाभान्वित पार्नसक्ने भएकोले पनि यो हस्पिटल खुलाउन बिभिन्न निकायहरुबाट चर्को माग उठेको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आबश्यक पक्रिया अगाडी बढाउनका लागी पहल गर्ने र त्यस क्षेत्रका बासीहरुलाई नार्गाजुनमा क्वारेन्टाइन बनाइएको बताएका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #जनमैत्री हस्पिटल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्