६ जिल्लामा देखिए ३२ संक्रमित, ५४८ पुगे संक्रमित

काठमाडौँ, १० जेठ ( ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज ३२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिला सहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए ।
उनका अनुसार नयाँ संक्रमितमा कपिलवस्तुका आठ, सर्लाही १३ जना, वारा एक जना, काठमाडौ एक जना, रुपेन्देही आठ जना र चितवनमा एक जनामा जिल्लाका रहेका छन् ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ बर्षीय पुरुष र २७ बर्षीय महिला रहेका छन् ।
सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ बर्षीय पुरुषहरु, वारा करैयामाई गाउँपालिकाकी ३७ बर्षीय महिला रहेका छन् । यसैगरी नयाँ संक्रमितमा काठमाडौका ३५ बर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ बर्षीय पुरुषहरु र चितवन भरतपुर महागरपालिका वडा न.ं ६ का ५२ बर्षीय पुरुषमा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
आज भेटिएका नयाँ संक्रमितसंगै संक्रमितको संख्या ५४८ जना पुगेका छन् ।
हिजो शुक्रबार मात्रै संख्या ५९ जनामा संक्रमण देखिएको थियो ।
अहिलेसम्म ७० जना पूर्ण रुपमा सन्चो भई घर फर्किसकेका छन् ।
उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्