टोखा , तारकेश्वरका किसानहरुलाई गहुँ भित्र्याउने चटारो (फोटोफिचर)
काठमाडौ । धानपछिको मुख्य अन्नबाली हो गहुँ । टोखा , तारकेश्वरनगरपालिकाका किसानहरुलाई अहिले गहुँ भित्र्याउने चटारो छ । धेरै क्षेत्रमा घर निर्माण भएर खेतीयोग्य जमिन हराए पनि कतिपय क्षेत्रमा अहिले पनि धेरै गहुँ खेती गरिन्छ । कात्तिक, मंसिर महिनामा धान काटेपछि खेतमा लगाइएको गहुँ अहिले भित्र्याउने बेला भएको छ ।
किसानहरु परम्परागत तरिकाले नै गहुँ चुटेर भित्र्याउने गरिरहेको भए थेचर मेसीनबाट सहज हुने हुँदा किसानहरु आकर्षित छन् ।
गहुँ पाकेर पहेलपुर भएका छन् । किसानलाई कोरोना त्रासभन्दा गहुँ बाली भित्र्याउने चिन्ता छ । यतिबेला गहुँ काट्ने, माड्ने र भित्र्याउने बेला हो।गहुँ काट्ने सिजनमा दिनहुँजसो पानी पर्न थालेपछि भने किसान चिन्तित छन्।
मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको तारकेश्वरका कृषक शालिकराम श्रेष्ठ बताउछन । उहाँ भन्छन, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन् । उनीहरुजस्तै सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिने अवस्था छ ।”





क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरका किसानहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्