नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बाँकेका ६० वर्षीय बुद्धा र रुपन्देहीका २५ वर्षीय युवामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । यी मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।
नेपालमा हालसम्म कुल १६ जना संक्रमित निको भएर घर फर्कीसकेका छन् भने ४३ जनाको उपचार भइरहेको छ ।
शुक्रबार थपिएका २ जना संक्रमितलाई पनि निगरानीमा राखिएको र संक्रमितका परिवारका सवै सदस्यहरुको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वमा अहिलेसम्म ३३ लाख २३ हजार भन्दा बढी संक्रमित भएका मध्ये १० लाख ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #थप दुई संक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्