पार्टीमा गौतमको योगदान कम छैन ः रिजाल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा अन्य बरिष्ठ नेताझै उपाध्यक्ष वामदेव गौतमको पनि कम योगदान नभएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा उनले झलनाथ खनाल, केपी ओली दुवैलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका गौतमको पार्टीमा पनि उतिकै भूमिका रहेको अहिले प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।
उनले समाजिक सञ्ञालमा लेखका छन्, “यदि सही मनसाय र योजनाका साथ नाम आएको भए उहाँ समकालीन नेताहरूमध्ये कम योगदान भएको नेता होइन र प्रधानमन्त्री हुन अयोग्य पनि होइन ।”
हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीले कोरोना पछि आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
उनले गौतम पटक पटकका आश्वासन, धोका पाइसकेकाले अव फेरि धोका नहुने भन्दै पटक चाहिं उनको लागि निर्णायक नै बन्ने भनेका छन् ।
तत्कालीन नेकपा (एमाले) मा कमरेड झलनाथ खनाललाई ०६५ मा पार्टी अध्यक्ष र ०६७ मा प्रम बनाउन अनि कमरेड केपी ओलीलाई ०७० मा संसदीय दलको नेता र ०७१ मा पार्टी अध्यक्ष बनाउन कमरेड वामदेव गौतमको निर्णायक योगदान रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पनि विभिन्न कालखण्डमा नेता गौतमको कारणले मद्दत नै पुगेको छ भने माधव नेपालसँग पनि हार्दिक सम्बन्ध नै छ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्