दैनिक ज्याला गरी खानुपर्ने वर्गको चुलो नबलेपछि वडाले मेस सञ्चालन

ललितपुर महानगरपालिका वडा नं १५ ले सामूहिक मेस सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमण फैलने डरले मुलुक बन्दाबन्दी भएको अवस्थामा दैनिक ज्याला गरी खानुपर्ने वर्गको चुलो नबलेपछि वडाले मेस सञ्चालन गर्न थालेको हो ।
वडाध्यक्ष सुदर्शन मिश्रले भन्नुभयो, “हामीले यहाँका दुई स्थान शान्तिनगर टोलमा रहेको अन्डरवल्र्ड किन्डर गार्डेन मन्टेश्वरी र महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय प्राङ्गणमा मेस सञ्चालन गरेका छौँ ।
महानगरपालिकाले एक चरणमा राहत वितरणको काम सम्पन्न गरेपछि गरिब र श्रमिकको हितमा बोर्ड बैठकमार्फत मेस सञ्चालन गर्ने अवधारण अघि बढाएको थियो । यसै अवधारणाअनुसार वडा अघि बढेको हो ।”
मेसमा पकाउन आवश्यक खाद्यान्न दाल, चामल, तेल, नुन आदि महानगरपालिकाले व्यवस्था गरिदिएको मिश्रले जानकारी दिनुभयो । वडाले यही वैशाख १२ र १३ गते कामबिना खानै नपाउने व्यक्तिलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । वडामा ४५० ले नाम टिपाएका थिए । आज लगभग ५०० बढीले खाना खाएका मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दिनको दुईपटक उहाँहरुलाई खानाको व्यवस्था गरिदिने भएका छाँै ।
बन्दाबन्दी अवधिभर जे–जस्तो परिस्थिति आए पनि यी नागरिकलाई खाना खुवाउने नै निर्णय भएको छ ।” यदि मुलुकमा कोरोना त्रास बढी पुनः बन्दाबन्दी थप भएमा वडालाई सरकारले दिएको विकास बजेट कटाएरै भए पनि गरिबलाई भोको नराख्ने मिश्रले जानकारी दिनुभयो । वडा नं १५ मा खुमलटार र सातदोवाटो नामक दुई युथ क्लब रहेका छन् ।
यी क्लबमा अवद्ध व्यक्तिहरुले वडालाई मेस सञ्चालनमा निकै सहयोग गरिरहेका छन् भने केही सङ्घसंस्थाले तरकारीका व्यवस्था गरिदिएको मिश्रले जानकारी दिनुभयो । यसैगरी महानगरपालिकाको अन्य २८ वडामा भने धमाधम सामूहिक मेस सञ्चालका लागि तथ्याङ्क सङ्कलन गर्ने कम अघि बढेको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #सामूहिक मेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्