यो देशले लगाउन सक्छ आईफोन १७ माथि प्रतिबन्ध, यस्तो छ कारण

काठमाण्डौ । इन्डोनेशियाले आईफोन १६ पश्चात अब आईफोन १७ लाई पनि प्रतिबन्ध लगाउने भएको छ । यसअघि आईफोन १६ लाई प्रतिबन्ध लगाएको इन्डोनेशिया चाडै लञ्च हुन लागेको आईफोन १७ माथि पनि प्रतिबन्ध लगाउने संकेत गरेको छ ।
इन्डोनेशियाले स्थानिय उत्पादनकमाथि जोड दिन चाहेको जनाइएको छ । यदि यस्तो नभएमा एप्पलको फोनहरुमाथि प्रतिबन्ध लगाउने तयारीमा इन्डोनेशिया रहेको जनाइएको छ । हालै मात्रै एप्पलले इन्डोनेशियामा १ अर्ब डलर लगानी गर्ने प्रस्ताव पेश गरेको थियो । यो प्रस्ताव एयर ट्याज प्लान्टका लागि गरिएको हो । तथापी इन्डोनेशियाले यो प्रस्तावले स्मार्टफोनका लागि आवश्यक उत्पादनको शर्त पुरा नहुने जनाएको छ ।
इन्डोनेशियामा स्मार्टफोन बिक्री गर्नका लागि पाट्सको ४० प्रतिशत स्थानिय उत्पादन हुनुपर्ने नियम रहेको छ ।
इन्डोनेशियाको उद्योगमन्त्रीले भने,‘यदि एप्पलले आईफोन १६ लाई बिक्री गर्न चाहन्छ र आईफोन १७ लञ्च गर्न चाहन्छ भने यसको सम्पूर्ण निर्णय कम्पनीमाथि रहेको छ । ’ उनले आईफोन १७ माथि पनि प्रतिबन्ध लगाउने संकेत गरे ।
अर्कोतर्फ इन्डोनेशियाका रोशन रोसेलानीले भने एप्पल एयरट्याग फ्यासिलिटीको सञ्चालन सन् २०२६ को सुरुवातबाट गरिने बताएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #यस्तो छ कारण, #यो देशले लगाउन सक्छ आईफोन १७ माथि प्रतिबन्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्