NRNA जर्मनीको अध्यक्षमा हरि न्यौपानेको उम्मेद्धवारी घोषणा , बर्तमा उपाध्यक्ष न्यौपानेको यस्तो छ प्रतिवद्धता

सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरीक अटाउन सक्ने गैर आवासीय नेपाली हरूको अन्तर्राष्ट्रिय संजाल हो गैरआवासीय नेपाली संघ । यति बेला गैरआवासीय नेपाली संघ को चुनावी माहोल तातिएको छ ।
जर्मनीमा समेत यो चुनावी माहोलले बिभिन्न चर्चा परिचर्चा भइरहेको छ ।
यसै बिच गैरआवासीय नेपाली संघ, एनसीसी जर्मनीको अध्यक्षमा हरि न्यौपानेले उम्मेद्धवारी घोषणा गरेका छन् ।
हिमालयन परिवार म्यूनिख जर्मनीमा सफलतापूर्वक ३ कार्यकाल बिताएका न्यौपाने नेपालमा मात्र नभई जर्मनीमा समेत अब्वल समाज सेवीको रुपमा स्थापित भैसकेका छन ।
२०७२ सालको महाभूकम्पले क्षती पुराएका नेपालका गाउँ बस्ती र सामुदायीक बिध्यालयहरुको पुन निमार्णका लागि अध्यक्षका प्रत्यासी हरि न्यौपानेको भूमिका अतुलनिय रहेको जानकार बताउछन ।
जर्मनीमा बिगत १३ वर्षदेखि सहसचिव,महासचिव हुँदै बर्तमानमा उपाध्यक्षको भूमिकाको सक्रियताका साथ निर्वाह गदै आएका न्यौपानेले जर्मनीका नेपालीहरुमाझ श्रृजनात्मक र रचनात्मक कार्य गर्दे आएका छन ।
अध्यक्षका लागि न्यौपाने सहित हालका अध्यक्ष बिजय मोक्तान, रण बहादुर साउदले उम्मेद्धवारी घोषणा गरेका छन् । अध्यक्षका लागि चार जना प्रत्यासीहरु मैदानमा उत्रिएसंगै एनआरएनए जर्मनीको चुनावी सरगर्मी बढेको छ । बिगतमा लामो अनुभब बोटुलेका उम्मेद्धवारहरु चुनावी मैदानमा उत्रिएसंगै सहमतीबाट अध्यक्ष चयन गर्ने बिकल्प अन्त्य भएको बताइन्छ ।
एनआरएनए एनसीसी जर्मनीका बर्तमान उपाध्यक्ष हरि न्यौपाने द्वारा आउदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा
आदरणीय NRN दिदीबहिनी तथा दाजुभाइहरु हार्दिक नमस्कार र सुमधुर सम्झना । ” एकपल्टको नेपाली सधैंको नेपाली ” भन्ने मूल नाराका साथ NRNA को विधान अनुसार २०१९/२१ को लागि स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तराष्ट्रिय विश्व सम्मेलनसम्म आगामी अक्टुबर महिनाभित्र काठमाण्डौमा सम्पन्न हुनगैरहेकोछ भन्ने विभिन्न माध्यमहरुद्वारा हामी सबैले धेरथोर सुन्दै र पढ्दै आइरहेकाछौं।
यसै सन्दर्भमा जर्मनीमा २०१९/२१ का लागि NCC जर्मनीको लागि अध्यक्षको प्रत्यासी उम्मेदवार बन्न ईच्छा शक्ति जागेर आएको छ। यो गरिमामय पदको लागि उम्मेदवार किन बन्ने भन्ने सम्बन्धमा यहाँ संक्षिप्त चर्चा गर्न सान्दर्भिक ठान्दछु। अनेकौं हण्डर ठक्करहरुबीच जर्मनीमा विगत २६ वर्षको बसाई अनि NCC जर्मनीमा बिगत १३ वर्षदेखि सहसचिव,महासचिव हुँदै बर्तमानमा उपाध्यक्षको भूमिकामा निर्वाह गर्दै आएकोछु।
मेरा सम्पूर्ण सहकर्मी मित्रहरुको विशेष साथ, प्रेरणा र हौसला पाउँदा निकै खुशी र आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गर्ने आत्मविश्वास जागृत भएर आएकोछ। संगठनमा काम गर्दाको सिकाइ,बुझाइ र भोगाइ अनि यो लामो अनुभव प्राप्त गरेको थप उर्जालाई NRN अभियानमा लगाउन सकिन्छ भन्ने आत्मविश्वास बढेर आएकोछ।
संगठन, कमिटी र यसका मातहतहरुका सम्पूर्ण कमिटीहरुलाई अझै चुस्त बनाउन अनिवार्य महसुस भएकोले त्यस सम्बन्धि खास योजना बनाएर वैज्ञानिक एवं व्यवहारिक बनाउन प्रयत्न गर्नुपर्नेछ।
प्रतिवद्धताहरु
* NRNA NCC जर्मनी तथा सम्पूर्ण LCC हरुलाई पूर्ण डिजीटलाइज गर्न यथासम्भव पहल गर्ने साथै यस क्रममा NRNA NCC तथा LCC का निर्वाचन मा अनलाइन भोटिंगको व्यवस्था गर्न पहल गरिनेछ।
NRNA ग्लोबल को निर्वाचन पनिअनलाइन भोटिंग हुनुपर्छ भन्ने मेरो मत रहेको छ ।
* NRNA राष्ट्रिय समन्वय समितिमा चयन भएर क्षेत्रगत रुपमा प्रतिनिधित्व गर्ने सदस्यहरुबाट प्रत्येक LCC हरुलाई समन्वय गर्ने गरी इन्चार्ज तोक्न पहल गरिनेछ।
* आपलकालिन कोष संचालन गर्दा अध्यक्षको मात्रै नियन्त्रणमा नरहने गरी पोटपोळीयोमा प्रतिनिधित्व गर्ने सबैलाई समावेश गरी एउटा आपतकालिन कोष परिचालन समिति गठन पहल गरिनेछ ।
* दोश्रो पुस्ताका नानी बावुहरुलाई नेपाली भाषा,संस्कृति,साहित्य र कला सिकाउन स्थानिय संघ संस्थाहरुसंग सहकार्य गर्दै विभागत कक्षाहरु ( भाषा,कला,न्रित्य,संगीत,चित्रकला ) संचालन गर्न पहल गरिनेछ।
* NRNA जर्मनीको स्थापनाकालदेखि हालसम्म पनि लागी पर्नुभएका अग्रज तथा अभियन्ताहरुको परिचयसहित स्मारिका प्रकाशन गर्न पहल गरिनेछ र यसलाई अनलाइन पोर्टालमासमेत उपलब्ध गराउन पहल गरिनेछ ।
* NRNA ग्लोबल ले संचालन गर्ने हरेक अभियानमा NRNA जर्मनीले मुख्य भूमिका खल्ने वाताबरण निर्माण गरिने छ।
* बिद्यार्थी तथा आउपैर लाई NRNA अभियानको मुलधारमा सामेल गराउन रचनात्मक छलफल गर्दै समस्याहरुको पहिचान गरि समाधान खोज्न पहल गरिने छ । मेरो समग्र प्रयास NRNA जर्मनीलाई चाड पर्ब मनाउने सस्था मात्र नभई एउटा Welfare Organization को रुपमा अगाडी बढाउनु रहने छ।
अन्त्यमा, धेरै लेखेर,धेरै बोलेर भन्दा “काम गरेर देखाउनु” मेरो पहिलो वाचा,परम कर्तब्य र महत्वपूर्ण जिम्मेवारी रहने विश्वास दिलाउँदै म लगायत मेरो नेतृत्वमा गठन हुने सम्पूर्ण कमिटीले तपाईंहरुको रचनात्मक सुझाव र मार्गनिर्देशनमा NRN दिदीबहिनी तथा दाजुभाइहरुको हरेक सुख दुखमा साथै रहेर अघि बढ्ने प्रतिवद्धतासमेत जाहेर गर्दछु।
धन्यवाद नमस्कार । हरि न्यौपाने
अध्यक्ष प्रत्यासी उम्मेदवार
NRNA NCC जर्मनी
क्याटेगोरी : विशेष
ट्याग : #NRNA NCC जर्मनी, #हरि न्यौपाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्