Techie IT
आईतबार, चैत्र ९,२०८१

खोलाले जीप बगाउँदा एक जनाको मृत्यु


दोलखा,भदौ २०- दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।

जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिनुभयो । घाइतेको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर १० मिटर तल पुर्‍याएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #खोलाले जीप बगाउँदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:02 am6:17 pm +0545