चेम्वर अध्यक्ष र चीनको बेइजिङ स्थित दुताबासका मिनिस्टर बीच दुई देशको आर्थिक सम्बन्ध बारे छलफल
काठमाण्डौं, भाद्र – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज बेइजिङ स्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) श्री छविन्द्र पराजुलीसँग भेट गरेका छन् ।
चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका इकोनोमिक मामिला मिनिस्टर पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएको देश भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हँुदा शुन्य भन्सार सुविधा लिन गाहे रहेको, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने भनने विषयमा आपसी छलफलबाट तय गनृुपर्ने धारण राख ेका थिए ।
छलफल का क्रममा उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमा नै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख समेत गरे ।
उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि,खनिज, सिमेन्ट, जडिबुटी,उद्योग र शिक्षा उपर्युक्त क्षेत्र रहेको धारणा व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए ।उनले केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्र बीच व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, सूचनाको आदानप्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा लिएको कुरा राखे ।
सो भेटमा बेइजिङ स्थीत नेपाली दुतावासका मिनिस्टर छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने प्रतिबद्धता जनाए ।
सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिती थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #चेम्वर अध्यक्ष
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्