Techie IT
आईतबार, चैत्र ९,२०८१

नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति : पर्यटनमन्त्री भट्टराई


संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अन्तराष्ट्रिय विमानस्थलमा पहिलाभन्दा सुधार भईरहेको जानकारी दिएका छन् । उनँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताए ।

चेम्बर अफ कमर्शले काठमाडौंमा आज गरेको “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’’बिषयक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताए ।

मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गरे । उनले यही वर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने गरी काम भईरहेको बताउँदै समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको जनाए ।

मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महङ्गो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन (इयु)ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनाँले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको जानकारी गराएका थिए ।

हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औषत भन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमा विशेष जोड दिए । पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले यूरोपियन यूनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदा हवाई टिकट भाडा महंगो भै चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए । उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने जनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराएका थिऐ । उनँले लुम्बिनी र पोखरा बिमानस्थल निर्माण र समयमा सम्पन्न गर्ने भनाई प्रति हामी गौर्रवान्वित रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सिका लागि गाडि र गाडिमा प्रयोग हुने इन्धन नै कच्चा पदार्थ भएकोले पर्यटन प्रर्बद्धन गर्न गाडी आयातको भन्सार दरमा छुट दिनुपर्ने बताए । उनले सरकारले उद्योगलाई एक तह मुनि भन्सार छुट दिए जस्तै इन्धनमा भ्याट छुट दिइनु पर्ने र यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गर्न मन्त्रिलाई आग्रह समेत गरे ।

अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियत दिनु पर्ने बताए । कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो । सो अवसरमा नेपाल सरकारको उच्च पदस्थहरु लगायत अन्य पदाधिकारीज्यूहरुको उपस्थिती थियो । साथै चेम्बर अफ कमर्शका पदाधिकारी, पर्यटन समिति, वस्तुगत तथा आबद्ध संघका पदाधिकराीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिती थियो ।

न्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महङ्गो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन (इयु)ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनाँले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको जानकारी गराएका थिए ।

हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औषत भन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमा विशेष जोड दिए । पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले यूरोपियन यूनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए ।

उनले मूल्यमा कार्टेलिङ हुँदा हवाई टिकट भाडा महंगो भै चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए । उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने जनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराएका थिऐ ।

उनँले लुम्बिनी र पोखरा बिमानस्थल निर्माण र समयमा सम्पन्न गर्ने भनाई प्रति हामी गौर्रवान्वित रहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सिका लागि गाडि र गाडिमा प्रयोग हुने इन्धन नै कच्चा पदार्थ भएकोले पर्यटन प्रर्बद्धन गर्न गाडी आयातको भन्सार दरमा छुट दिनुपर्ने बताए । उनले सरकारले उद्योगलाई एक तह मुनि भन्सार छुट दिए जस्तै इन्धनमा भ्याट छुट दिइनु पर्ने र यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गर्न मन्त्रिलाई आग्रह समेत गरे ।

अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियत दिनु पर्ने बताए । कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो । सो अवसरमा नेपाल सरकारको उच्च पदस्थहरु लगायत अन्य पदाधिकारीज्यूहरुको उपस्थिती थियो ।

साथै चेम्बर अफ कमर्शका पदाधिकारी, पर्यटन समिति, वस्तुगत तथा आबद्ध संघका पदाधिकराीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिती थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #निजी विमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545