अमेरिकाको टेक्सासमा गोली चल्यो– २० को मृत्यु , २६ घाइते
काठमाडौं/एजेन्सी । अमेरिकाको टेक्सासस्थित वालमार्ट स्टोरमा अन्धाधुन्धा गोली चल्दा २० को ज्यान गएको छ, भने २६ जना घाइते भएका छन् । यसै घटनालाई लिएर एक प्रहरी अधिकारीले भने–‘हामीसँग केही हमलाकारी भएको रिपोर्ट छ । अहिले उनीहरुको खोजी कार्य तीब्र भइरहेको छ ।’
त्यहाँका प्रहरी अधिकारीले यसो भनिरहँदा उक्त घटनामा संलग्न तीन जनालाई हिरासतमा लिइएको जानकारी पनि गराइएको छ । यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्–‘टेक्सासमा भयनक गोली चलेको छ । रिपोर्ट धेरै नराम्रो छ । केहीले ज्यानसमेत घुमाएका छन् । राज्य र स्थानीय अधिकारीहरुसँगको साथमा काम गरिरहेको छु । सहयोगका लागि गभर्नरसँग पनि कुरा गरेको छु ।’
एक कर्मचारीले स्थानीय न्युज च्यानललाई जानकारी गराए अनुसार प्रहरी र स्वाट अधिकारीहरुले उक्त क्षेत्रलाई खाली गर्नका लागि अपरेशन सुरु गरिसकेका छन् । प्रहरीले स्थानीय जनतालाई वालमार्ट स्टोरबाट टाढा रहन सल्लाह दिइरहेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #गोली चल्यो
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्