२०० भन्दा बढी चेलीहरुलाई भारतमा लगेर बेच्ने सुनबहादुरको अर्जुन नंरसिहं केसी संग डाइरेक्ट कनेक्शन
काठमाडौं, ३ साउन । मानव बेचविखनमा सजाय पाएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङको डाइरेक्ट कनेक्शन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग रहेको खुलासा भएको छ ।
यस्तै, कांग्रेस नुवाकोट सभापति जगदिरनरसिंह केसीसँग पनि उनको कनेक्शन रहेको खुलेको हो । सुनबहादुर तामाङलाई हालै मात्र अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।
२०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो ।
गएको ७ चैतमा मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको थियो ।
२ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन पनि गरेको थियो ।
सुनबहादुरले कांग्रेसका नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतासँग बलियो सम्बन्ध बनाएका थिए । उनको डा. रामशरण महत, प्रकाशशरण महतसँग पनि गतिलो सम्बन्ध रहेको बताइन्छ ।
काठमाडौं जिल्ला अदालतले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । तर नेताहरूको पहुँचका आधारमा उनी रिहा हुन खोजीरहेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #सुनबहादुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्