२०० भन्दा बढी चेलीहरुलाई भारतमा लगेर बेच्ने सुनबहादुरको अर्जुन नंरसिहं केसी संग डाइरेक्ट कनेक्शन

काठमाडौं, ३ साउन । मानव बेचविखनमा सजाय पाएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङको डाइरेक्ट कनेक्शन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग रहेको खुलासा भएको छ ।
यस्तै, कांग्रेस नुवाकोट सभापति जगदिरनरसिंह केसीसँग पनि उनको कनेक्शन रहेको खुलेको हो । सुनबहादुर तामाङलाई हालै मात्र अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।
२०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो ।
गएको ७ चैतमा मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको थियो ।
२ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन पनि गरेको थियो ।
सुनबहादुरले कांग्रेसका नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतासँग बलियो सम्बन्ध बनाएका थिए । उनको डा. रामशरण महत, प्रकाशशरण महतसँग पनि गतिलो सम्बन्ध रहेको बताइन्छ ।
काठमाडौं जिल्ला अदालतले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । तर नेताहरूको पहुँचका आधारमा उनी रिहा हुन खोजीरहेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #सुनबहादुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्