Techie IT
सोमबार, चैत्र १०,२०८१

१५ दिनको गोष्ठीका लागि सरकारको डेढ अर्ब खर्च


बुटवल । प्रदेश ५ सरकारले गोष्ठीका नाउँमा अर्बभन्दा बढि रकम सकेको भन्दै आलोचना भएको छ । प्रदेशसभाको आईतबार बसेको बैठकमा प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले गोष्ठीका नाममा १५ दिनमै डेढ अर्बभन्दा बढि रकम खर्चेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।

आइतबार बसेको प्रदेशसभाको वैठकमा सत्तापक्ष नेकपाकै प्रदेशसभा सदस्य मगरले असारको १५ दिनमै मात्रै गोष्ठीको नाउँमा एक अर्ब ५५ करोड खर्च भएको दाबी गरे । सभामा बोल्दै मगरले गोष्ठी र सेमिनारको नाउँमा ठूलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने माग राखे ।

मगरले समय सकिनै लाग्दा गरिएको गोष्ठीले प्रतिफल नदिने भन्दै सरकारको आलोचना गरे । उनले असारे विकासको परिपाटी अन्त्य गर्ने तर्फ कदम चाल्न माग गरे । उनले विकास निर्माणका काम पनि असारकै बीचमा गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


क्याटेगोरी : विशेष
ट्याग : #प्रदेश ५ सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545